मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सन्चालन हुने

जनतापत्र, सिन्धुपाल्चोक ।
तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड चौतारा सागाचोकगढी नगर कप फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ।

मेलचौर युवा जागरण समाजको आयोजनामा हुने प्रतियोगिता असोज २७ गतेदेखिबाट शुरू हुन लागेको सो
प्रतियोगितामा देशभरकै आधिकारिक रुपमा दर्ता भएका फुटबल क्लबहरू सहभागी हुन पाउने आयोजक सबिन दङ्गाले बताएका छन्।
उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।

टिम दर्ता शुल्क ५ हजार लाग्ने र प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ।

 2,409 total views,  2 views today

Related posts