हेलम्वु गाउँपालिकामा पहिराे सहितको मेलम्ची वाढिँमा परेका २३जना नागरिक अझै वेपत्ता ।

जनतापत्र, हेलम्वु । हेलम्वु गाउँपालिकाले असार १ गते मंगलवार वाट अाएकाे पहिराे सहितको वाढिका कारण २३ जना अझै व्यपत्ता रहेकाे जानकारी दिएकाे छ । हेलम्बु गाउँपालिका वडा नम्वर १ सेमेसिदाङ हिमाल मुनी रहेको भ्रेमाथाङ चौर पहिराे लागेको थियाे । साे गाउँपालिकाले चार महिलासहित २३ जना बेपत्ता रहेको विज्ञप्ति मार्फत शनिबार जानकारी दिएको छ। वाढि र पहिराेमा परि बेपत्ता मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना छन् । जसमा तीन जना भारतीय र तीन जना चिनियाँ नागरिक छन् ।बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिसमेत गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकाले मानविय…

 303 total views,  303 views today

Read More

टिकटक परिवारद्धारा वाढी प्रभावितहरुलाई राहत वितरण

जनतापत्र,मेलम्ची । मेलम्ची वाढी प्रभावितहरुलाई गणेशमान कृष्ण प्यारी स्मृति प्रतिठान, मिलिजुली टिकटक परिवार एवंम सचेत युवा जागरण खैरहनी , चितवनले राहत वितरण गरेको छ ।घरवार विहीनभएकाहरुको जिवनयापनमा सहज होस् भन्ने मनशायले सो राहत संकलन गरिएको थियो । शनिवार मेलम्ची पुगेर लाखौं वरावरको खाद्यान्न वितरण गरेको सो टिकटक परिवारका सदस्य लक्ष्मी श्रेष्ठले बताउनु भएको छ ।वाढी पीडितहरुलाई दाल, चामल, ग्यास चुलो ,सिलिन्डर रेगुलेटर पाइप ,थाल ,कचौरा ,नून ,चाउचाउ ,बिस्कुट, भुजिया ,चिउरा, जुस ,दलमोड ,आलु मस्यौरा ,पानी म्याटेज, कफी ,कपडा, स्वास्थ्य सामग्रीहरु लगायत सो परिवारका केन्द्रीय अध्यक्ष राजन कडेंलसहितको टोलीले वाढी प्रभावितहरुलाई…

 492 total views,  492 views today

Read More

पहिरोका कारण छेन्ताङमा फसेका ४ जना महिलाकाे उद्वार ।

जनतापत्र, जुगल । मनसुनको शुरुवातसंगै जुगलका जलाधार क्षेत्रमा परेको अविरल बर्षाका कारण वाढिले नेसामखोलाका पुल बगाएकाे छ ।तेम्बाथान, तेगा, दीपु, साङलुङसंगको पैदल मार्ग पहिराेकाे कारण भत्किएको छ । लाङटाङ खोला र पेमासाल आसपासमा गएको पहिरोको अवलोकन तथा आपत्कालिन रेस्पोन्सका सामाग्री लिएर छेन्ताङ सम्म पुगिएकाे जुगल गाउँपालिकाकाे अध्यक्ष हाेम नारायण श्रेष्ठले जानकारी दिनुभयाे ।अवलाेकन तथा अापत्कालिन रेस्पाेन्स उद्धार गर्नकाे लागि हाईड्राे व्यवसायी भरत पराजुलीको हेलिकोप्टर सहयोग गर्नु भएका गाउँ पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।पहिराे वाट विस्थापित दीपुमा ४० थान त्रिपाल र चौरी खर्कमा रहेका चौरीपालक किसानहरुलाई अावश्यक खाद्यान्न लगाएतका सामाग्री…

 1,132 total views,  404 views today

Read More

कुमारी बैंकले गर्याे मेलम्ची वाढि पिडितलाई राहात हस्तान्तरण ।

जनतापत्र,मेलम्ची । मेलम्ची नगरपालिकाकाे वाढि पिडितहरुकाे लागि कुमारी बैँकले शुक्रबार राहात उपलब्ध गराएकाे छ । साे वैँकले नगर विपत् व्यवस्थापन केन्द्र लाई ६ सय २२ नुहाउने लुगाधुने सावुन,अायाेनुन ३ सय १० प्याकेट, ब्ल्याङ्केट ५ सय थान उपलब्ध गराएकाे थियाे ।त्यसैगरि साे वैँकले टेन्ट १० थान , म्याट सय मिटर,डईफर १४ सय थान,सेनिटरि प्याड २ हजार १६ थान,खाद्यान्न ३ सय १० वटा, लिटाे २ सय प्याकेट,वच्चालाई दूध खुवाउने वाेतल बीस थान, ल्याक्टिजिन ३ सय प्याकेट राहात साे वैकले उपलब्ध गराएकाे साे वैँककाे कर्मचारी नवीन पाण्डेले जानकारी दिनुभयाे । नगर विपद व्यवस्थापन…

 1,176 total views,  270 views today

Read More

अनेरास्ववियु केन्द्रिय कमिटि लाखौँ रुपैयाँकाे राहत वाेकेर पुग्याे हेलम्वु ।

जनतापत्र, हेलम्वु । अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा हेलम्वु गाउँ पालिकाकाे वाढिपिडितहरुकाे लागि राहात वितरण गरेकाे छ । शुक्रबार अनेरास्ववियुले अत्यावश्यक ५ लाख रुपैयाँ वरावरकाे मेडिकल सामग्री, त्रिपाल सय थान , चामल, चिउरा, दाल, नुन, विष्कुट लगायत १५ लाख रुपैया वारावरकाे खाद्यान्न सामाग्री वितरण गरिएकाे साे संगठनको महासचिव अारति लामाले जानकारी दिनुभयाे । साे संगठनकाे केन्द्रीय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, महासचिव अारति लामा सहितकाे टाेली राहात सामाग्री लिएर हेलम्वु पुगेको थियाे ।साे राहात सामाग्री हेलम्वु गाउँ पालिका वडा नम्वर २ काे वडा अध्यक्ष छिरिङ ग्याल्वाे लामा लाई हस्तान्तरण गरिएको थियाे…

 1,244 total views,  109 views today

Read More