तरकारी खेतीबाट सिन्धुपाल्चोकका किसानले मनग्य आम्दानी लिदै

जनतापत्र, चौतारा ।तरकारी खेतीबाट सिन्धुपाल्चोकका किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाका बलेफी, सुनकोशि गाउँपालिका र मेलम्ची नगरपालिकाका किसानहरुले तरकारी खेती तर्फ लागी यसबाट आम्दनी लिन थालेका हुन् । उनिहरुले आफ्नो बारीमा कोदो, मकै लगाउन छोडेर खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी, करैला जस्ता तरकारी लगाएका छन् । जुसले गदौ किसानलाई फाइदा नै फाइदा भएको छ । उनिहरुले टनेल विधिबाट व्यावसायिक तरकारी खेती गरेका छन् । बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान धान, मकै भन्दा पनि तरकारी तिर नै आकर्षित भएका छन् ।कृषक रोजन तामाङले बताएअनुसार…

 6,828 total views,  1 views today

Read More

१० हजार बोरा मल तातोपानी नाकामानै थन्कियो

जनतापत्र, चौतारा ।१० हजार बोरा मल तातोपानी नाकामानै थन्किएको छ । आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको हो । उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल नाकामानै अलपत्र परेको हो ।कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका दुई कम्पनी सिल्क र सिनोभ्याकले चीनबाट किनेर ल्याउन ढिलाइ गरेपछि समस्या शुरू भएको थियो ।सम्झौता बमोजिम १ सय २० दिनभित्र मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाई सक्नुपर्ने हो । तर, उक्त समयसीमाभित्र ती दुई कम्पनिले मल ल्याइ नदिदा उक्त…

 4,676 total views

Read More

इन्द्रावती दुग्ध प्रशोधन केन्द्र स्थापना भयो

जनतापत्र । इन्द्रावतीमा नयाँपानी भूमि अधिकार कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरे । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको हो । एक कार्यक्रमबिच बिहीबार इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उक्त दुग्ध केन्द्रको उद्घाटन गर्दै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पु¥याएको बताए ।अध्यक्ष नेपालले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको खोजी भइरहेको बताए ।सुरुमा इन्द्रावती गाउँपालिका…

 4,679 total views

Read More

घरघरमा धारा, बासिन्दा खुशी

जनतापत्र, बलेफी ।घरघरमा धारा पुग्दा बलेफी गाँउपालिका –६ डाँडाकटेरीका बासिन्दा खुशी भएका छन् । भुकम्प पश्चात् चलिरहेको मुहानबाट पानी आपुर्ति बन्द भएको कारण त्यहाँका स्थानियले समस्या झेल्नु परेको थियो । पानी खानकै लागि धौ–धौ भएको थियो । पानिको समस्याका कारण त्यहाँका स्थनियले संघसंस्थालाई सहयोग मागे । केहि समय पछि जापानको परराष्ट्र मन्त्रालयले २९ लाख ५९ हजार १ सय ९७ रुपैया ९३ सहयोग गर्याे । लिफ्टिङ गरेर तान्ने र खानेपानी अभावको समाधान गरिने निणर्य भएपछि ४ महिनामै सौर्य उर्जाबाट पम्पिङ गरी पहराबाट पाईप राखेर खानेपानी आयोजना निमार्ण सम्पन्न भयो ।हाल स्थानियको…

 3,546 total views,  2 views today

Read More

बलेफिमा कफिको बोट बिरुवा रोपियो

जनतापत्र, बलेफि ।बलेफिमा कफिको बिरुवा रोपिएको छ । बलेफि गाउँपालिका वडा नं. ५ ज्यामिरे अवस्थीत चुलिडाडा रक्त काली माई मन्दिर र थामडाडा एरियालाई पर्यटक स्थल बनाउने लक्ष्य रहेको छ । विकास निर्माणका काम धमाधम हुँदै छ । उक्त स्थानमा रहेको सार्बजनिक जग्गामा फलाटे कलिका सामुदायिक बनउपभोक्त समिति, वडा कार्यालय र स्थानिय बासिन्दा को सक्रियतामा बिरुवा कफि रोप्ने काम सकिएको हो । अध्यक्ष यादब ठकुरिले५ बर्ष भित्र बलेफि गाउँपालिका वडा नं. ५ लाई नमुना पालिका बनाउने बताए ।  1,777 total views,  2 views today

 1,777 total views,  2 views today

Read More