नेपाली कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्य

भुपेन्द्र थापा (माधब) कम्युनिस्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारिणी प्रमुख प्रधानमन्त्री बने । राष्ट्रप्रमुख राष्ट्रपति बने । उपराष्ट्रपति बने । तर जुन वर्गको उत्थानका निम्ति आन्दोलन भयो त्यो कति पूरा भयो कति हुन बाँकी छ । त्यो नेपाली समाजमा प्रष्टै छ । इतिहासमा भएका कमजोरी र वर्तमानको दम्भबाट बाहिरन नसके भविष्य अन्धकार हुने निश्चित छ । नेपालमा राणा विरोधी आन्दोलनका पहिलो विद्रोही योद्धा थिए लखन थापा मगर । उनलाई वि.सं. १९३३ सालमा मृत्युदण्ड दिएर सामान्ती शाही शासकहरूले आफ्नो सत्ता विनासको निम्तो दिएका थिए । १९९७ सालमा टंकप्रसाद…

 4,370 total views

Read More

समृद्ध नेपालका लागि डोजरे र टुक्रे विकासको असर

निरज पोखरेल । सार्वजनिक स्थान, चिया गफ, गोष्ठी, सभा सेमिनार र राजनीतिक दलका कार्यक्रम आदिमा धेरै व्यक्तिले ‘विनाशविना विकास सम्भव छैन’ भनेको सुनिन्छ । यो कुरालाई अस्वीकार गर्न त सकिँदैन । तर वातावरणमा पर्ने प्रभाव, त्यसबाट निम्तिन सक्ने जोखिम र कम विनाश गरी अधिकतम विकासका आयोजना सञ्चालन कसरी गर्न सकिन्छ भनेर हामीकहाँ कम छलफल हुने गरेको छ । यस्ता विषयमा छलफल गर्दा कतिपयले विकास विरोधीको आरोप लगाउने गरेको पाइन्छ ।वास्तवमा केही विनाशविना विकासको खाका कोर्न सम्भव छैन । किनभने कुनै ठाउँको विकासका लागि त्यहाँका प्राकृतिक स्रोत साधन एवं कृत्रिम संरचनाहरूमा…

 5,611 total views,  5 views today

Read More

नागरिकता विवादः नक्कली राष्ट्रवाद वा गलतफहमी

विमल पोखरेल । प्रतिनिधिसभाले विवादित नागरिकता विधेयक पारित गरेको छ। विधेयकको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन्। विधेयकको विरोध गर्नेहरूले नागरिकतामा राष्ट्रघात भएको बताएका छन्। पक्ष लिनेहरूले विधेयकको विरोध गर्नेहरूलाई नक्कली राष्ट्रवादको आरोप लगाएका छन्। छलफल र विवादको बीचबाट सही कुरा पत्ता लगाउने कोसिस गर्नुपर्छ। विभिन्न कोणबाट छलफल हुन सक्यो भने साझा निष्कर्षमा पुग्न सकिन्छ। नागरिकता कानुनलाई आरोप प्रत्यारोपको विषय नबनाएर देश र जनताको हित केन्द्रमा राखेर बहस गर्नु आवश्यक भएको छ। विधेयक पारित भएपछि विभिन्न ढंगबाट उठाइएका विषयहरूको जवाफ यो लेखमा दिने प्रयास गरेको छु। त्यसबाहेक केही थप…

 7,111 total views,  5 views today

Read More

ए प्लस मात्र सफलताको मापन होइन

मिलन पाण्डे । एउटा अनुमानबाट सुरु गरौं– मानौं एसईईमा सबै विद्यार्थीको ४ जीपीए आयो । शिक्षकहरूबाट, राजनीतिज्ञहरूबाट, उद्यमीहरूबाट, पत्रकारहरूबाट कस्तो प्रतिक्रिया आउला ? के यी व्यक्तिहरूले ‘हाम्रो देशको शिक्षा उत्कृष्ट भयो’ भन्लान् ? शिक्षकहरूलाई, विद्यालयलाई पुरस्कृत गर्लान् ? त्यस्तो पक्कै हुनेछैन । परीक्षा निकै सजिलो रहेछ भनिनेछ । प्रश्नपत्र बनाउने, कापी जाँच्नेहरूमाथि नै प्रश्न उठाइनेछ । अझ, बजारमा ‘अब शिक्षाको स्तर बढाउनुपर्छ’ भनेर बहस हुनेछ । अघिल्ला वर्षहरूमा कोरोनाका कारण एसईई परीक्षा भएन । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई आफूखुसी बढी नम्बर दिए । २०७२ को एसईईमा २ जना, २०७३ सालमा जम्मा ४ जनाले ४ जीपीए ल्याएका थिए । तर, २०७७ सालको एसईईमा…

 4,193 total views,  5 views today

Read More

स्थानियतहको नेतृत्व र बजेट

रामबहादुर सुनार । केही दिन अगाडीमात्र स्थानिय तह अन्तरगतका गाउँपालिका र नगरपालिकाहरुको अधिबेशनहरु निरन्तर रुपमा संचालनमा थिए हाल केहि स्थानिय तह बाहेक धेरै ठाउँमा सम्पन्न भएको छ । लामो समय पछी जनताले जनताकै नाममा बजेट विनियोजन गर्नेकुरा आफैमा सुन्दर पक्ष हो यद्यपि यो कार्यबाट जनता आफैले गौरब अनुभूत गर्न पाएका छन् वा छैनान् ? जनताले आफुले चुनेको जनप्रतिनिधि सही चुनेका रहेछौं भन्ने अनूभूत गर्नपाएका छन् वा छैनान् ? निर्वाचित जनप्रतिनिधि जनताप्रति कति जिम्मेवार ढंगले अगाडी बढेका छन् ? प्रश्नहरु अनगिन्ती उदेलित भएकाछन् तर जफाफदेहीता कस्ले लिने यहा अन्यौलता छाएको छ…

 1,022 total views

Read More