एमालेले इन्द्रावतीमा बितरण गर्‍यो स्वास्थ सामग्री

‍‍जनतापत्र, इन्द्रावती ।कोरोना संक्रमणले आक्रान्त पारिरहेको सन्दर्भमा  नेकपा एमालेले स्वास्थ्य सामग्री बितरण गरेको छ ।   यस आपत्कालीन अबस्थामा नेकपा एमाले जिल्ला कमिटीको तर्फबाट इन्द्रावती गाउँपालिकालाई  १२ हजार पिस माक्स ६०लिटर सेनेटाइजर लगायतका स्वास्थ सामग्री उपलब्ध गराएको हो ।  एमाले नेता झम्क नेपालले सो पालिकाका अध्यक्ष वंशलाल तामाङलाई  सो सामग्री हस्तान्तरण गर्नु भएको थियो । सोही क्रममा एमाले नेता नेपालले नागरिकको स्वास्थमा पार्टी गम्बिर भएर लागिरहेको बताउनु भयो । आपतमा अबस्थामा सहयोग गरेको भन्दै पालिका अध्यक्ष तामाङले एमाले पार्टीलाई धन्यवाद दिनु भएको थियो ।  5,203 total views,  6 views today

 5,203 total views,  6 views today

Read More

जनहितले गर्‍यो स्वास्थ्य सामाग्री बितरण

जनतापत्र,चौतारा । जनहित ग्रामिण सेवा समिति, सिन्धुपाल्चोक चौताराले चौतारा साँगचोकगढी नगरपालिकाका ८ वडालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।जिल्लामा कोरोना संक्रमितहरु संख्या बढ्दै गएपछी नियन्त्रण र रोकथामका लागि आज सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई समितिका अध्यक्ष भरत सापकोटाले हास्तान्तरण गरेका हुन् ।समितिले नगरपालिकाको वडा न ४, ५, ८,९,१०,११,१२,१३ र १४ नम्बर वडालाई माक्स, स्यानिटाइजर, नेबुलाईजर, डिसैन्फेक्सन्स, अक्सिमिटर, थर्मोमिटर लगायतको सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए ।नगरपालिकाको १४ वटै वडाका स्थानीय जनतालाई बितरण गर्ने उदेश्यका साथ हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु बाँकी वडाका लागि आइतबार हस्तान्तरण गरिने समितिले जनाएको छ ।…

 3,372 total views,  4 views today

Read More

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

जनतापत्र,काठमाडौं । आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन सरकारले गरेको छ ।आगामी आव २०७८÷७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन अर्थ मन्त्री विष्णु पौडेल वजेट भाषणमा प्रस्तुत गरेका छन । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।  6,428 total views,  2 views today

 6,428 total views,  2 views today

Read More

माओवादी केन्द्रद्धारा स्वास्थ्य सामग्री प्रदान

जनतापत्र, जुगल ।नेकपा माओवादी केन्द्रले बलेफी गाउँपालिका र जुगल गाउँपालिकालाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।कोरोना रोकथामसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टरदेखि राहतका प्याकेज ल्याएका हो ।सभामुख अग्निप्रसाद सापकोटाको पहलमा फलफूल तथा स्वास्थ्य सामग्री उपलब्ध गराइको थियो ।त्यसै गरी स्वास्थ्य सामग्रीमा सर्जिकल माक्स‚ एन ९५ माक्स‚ अक्सिमिटर‚ पिपिई सेट लगायत रहेका छन् । त्यस्तै आइसोलेसनमा रहेका बिरामीहरू र स्वास्थ्यकर्मी लगायतलाई फलफूल प्रदान गरेका हुन् । त्यस्तै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल, चौतारा अस्पताल‚ चाकु, अस्पताल लगायतमा पनि प्रदाने गरिएको माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ले…

 2,146 total views,  20 views today

Read More

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले दियो सदावहार आइसोलेसनलाई स्वास्थ्य सामाग्री

जनतापत्र, सुनकोसी ।प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले सदावहार आइसोलेसन केन्दलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।लिसंखुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाद्धारा सञ्चालन गरिएको सो आसोलेसनलाई संस्थाका कार्यकारी निर्देशक चुपवहादुर थापाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । संस्थाले पि. पि. सेट १४ थान, अक्सिमिटर १० वटा, सर्जिकल मास्क (१० पाकेट ) ५०० वटा, स्यानिटाइजर (२ जर्किन) १० लिटर, स्यानिटाइजर (५०० एम.एल.) २ वटा, थर्मोमिटर १० वटा र ग्लोभ्स ५० जोर हस्तान्तरण गरेको निर्देशक थापाले वताउनु भएको छ । मेलमिलापको क्षेत्रमा काम गरिरहेको सो संस्थाले कोभिडको महामारीवाट नागरिकहरु समस्यामा परेको वेला मानवीय सेवाको…

 2,639 total views,  2 views today

Read More