४० लाख अर्जेन्टिनी सडकमा

जनतापत्र ।अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा उत्रिएका छन् ,मंगलबार खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेको थियो ।विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए । विभिन्न ठाउँमा अर्जेन्टिनाका फुटबल प्रशंसकहरू राष्ट्रिय र क्लब टोलीको जित मनाउन पनि भेला हुन्छन् ।  797 total views,  2 views today

 797 total views,  2 views today

Read More

कविताः हामी त्यो देशका बासिन्दा हौँ

ध्रुवकुमार सापकोटा । हामी त्यो देशका बासी हौँजहाँभ्यागुत्ताहरु सर्पहरु निल्छन्मुसाहरु बिराला चपाउँछन् । हो हामी त्यो देशका बासी हौँजहाँन्याउली कोइली चुपचाप चुपचाप छन्कागहरु गीत गाउँछन्गधाहरु मादल बजाउँछन्अनि सुँगुरहरु नाच्छन् । हो हामी त्यो देशका बासी हौँजहाँबाख्राहरु मृग लखेट्छन्बाँदरहरु सिंहलाई चिथोर्छन्प्वाँख काटिए परेवा ढुकुर डाँफे चरीकाबाज चिल अनी गिद्ध पखेटा फिजाउँछन् । ध्रुवकुमार सापकोटा (नेदरल्यान्ड्स)हो हामी त्यो देशका बासी हौँजहाँबाछाहरु हलो जोत्छन्भेडाहरु खेती गर्छन्पाठाहरु दाइँ गर्छन्तरचितुवा बाली भित्र्याउँछन्हो हामी त्यो देशका बासी हौँजहाँहुँडारहरु सिपाहीमा भर्ती हुन्छन्स्यालहरु सिंहाशनमा बस्छन्अनि ब्वँसाहरु देश चलाउँछन् ।  1,380 total views

 1,380 total views

Read More

ओठ फुट्नबाट कसरी जोगाउने

समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन। नकोट्याउनुस्ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। बाममाथि…

 1,063 total views

Read More

भोटेकोशीलाई चिनिया भाषाको हब बनाइदैँ

जनतापत्र, भोटेकोशी ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले नयाँ रणतीति ल्याएको छ । सो गाउँपालिकाले आफ्नो स्थानलाई चिनिया भाषाको हब बनाउने भएको छ । पालिका भित्र धेरै माध्यामिक तहका विद्यालयहरु छन् । जसमा चाइना भाषा कक्षा सुरुवात भोटेकोशीले गर्ने भएको छ । सो गरेर छिमेकी मुलक चिनसंग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्य अनुसार उक्त रणनिति गाउँपालिकाले ल्याउन लागेको हो । चीनसंग उत्तरी नाका तातोपानी नाका जोडिएको छ । सो नाका बाट नेपाल र चिन बिच व्यापार सम्बन्ध, साँस्कृतिक लगाएतका बिभिन्न सम्बन्ध रहेको छ । सो सम्बन्धमा भाषाका कारण केहि समस्या उत्पन्न भएको गाउँपालिकाले…

 311 total views

Read More

बाईक चोरी गर्ने गिरोह पक्राउ

जनतापत्र, चौतारा । बाईक चोरी गरी कम मुल्यमा बिक्रि गर्ने गिरोह पक्राउ परेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट बाईक चोरी गरी कम मुल्यमा बिक्रि गरेका हुन् । बाइक चोरी गर्नेमा काभ्रेको चौरीदेउरालीका वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे वर्ष २१ को लोकेन्द्र पाख्रिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार वुढाथोकीले बताएअनुसार, काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा बिक्रीवितरण भईरहेको भन्ने सुचनाको आधारमा अनुसन्धान गर्दा चोरीमा सम्लग्न गिरोहलाई पक्राउ गरीएको हो । प्रहरी नायव उपरीक्षक…

 271 total views

Read More