जनतापत्र, चौतारा ।पोखरामा आइतबार भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने पत्रकारहरुको चिरशान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकमा दीप प्रज्वलन गरिएको छ ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहिको जहाज दुर्घटनामा परी निधन भएको हो ।जिल्ला शाखा सिन्धुपाल्चोकमा गरिएको दिप प्रज्वलनमा महासंघ अध्यक्ष जिवन श्रेष्ठ, सल्लाहकार सुरेश कसजु , वाग्मति प्रदेश परिषद् सदस्य टीका सुवेदी , जिल्ला सचिव विदुर आर्चाय लगायत पत्रकारहरुको उपस्थीति रहेको थियो ।आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।…
10,782 total views
Read More