चैत ४ मा नेकपा एस सिन्धुपाल्चोकले प्रथम जिल्ला सम्मेलन गर्दै

जनतापत्र, चौतारा ।आगामी चैत ४ गते मेलम्चीमा नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकले प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । सुकुटेमा पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समाजवादीको केन्द्रीय नीति अनुसार प्रथम जिल्ला सम्मेलन गर्ने बताएको हो ।जिल्ला अध्यक्ष नवराज पौडेलले सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गराउनका लागि त्यसअघि जिल्लाभर विभिन्न कार्यक्रमहरु गर्ने समाजवादीको बैठकले निर्णय गरेको बताएका हुन् ।अध्यक्ष पौडेलले समाजवादीले माघ मसान्तभित्र सबै वडामा भेला गरेर संगठीत सदस्यता अध्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाहरुको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने लगायत बैठकले…

 828 total views,  12 views today

Read More

स्थायी बन्ध्याकरण शिविरबाट २९ जना प्रभाबित

जनतापत्र ।स्थायी बन्ध्याकरण शिविरबाट २९ जना प्रभाबित भएका छन् । हिजो मेलम्ची नगर अस्पतालमा परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविर स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना एवं मेलम्ची नगरपालिकाको सहआयोजनामा भएको छ । जुन शिविरमा मेलम्चीका २२,पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ५,इन्द्रावती र हेलम्बु गाउँपालिकाका १–१ जनाले सेवा लिएका छन् ।  523 total views,  2 views today

 523 total views,  2 views today

Read More

कथा ः हामी साथै मरौँ ल !

हर्कबहादुर लामगादे रोहित । रामचन्द्रेकी माइली छोरीका दुवै छोरा आँगनमा खेल्दै थिए। जानकी पिँढीमा कनिका निफन्दै थिइन्। रामचन्द्रे बारीमा सागलाई पानी दिँदैथिए। माइली भित्रबाट बाहिर आई अनि आफ्नो घर जान बिदा माग्दै आमालाई भनी– ‘म घर हिँड्न आटेकी है आमा ! कान्छीको केही पत्तो पाइयो भने नर्बिसी कल गरिहाल्नु नि मलाई !’ जानकी कनिका निफन्न छोडेर जवाफ फर्काउँदै भन्छिन्– ‘आज बसे हुँदैन र छोरी ? हिजै त आएकी होस्। भोलि एकाबिहानै जानू।’ हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)‘होइन आमा, घरमा ज्वाइँ एक्लै हुनुहुन्छ। भोलि ठुला नातिलाई स्कुल पनि पठाउनु छ।’ कुराको बिचमा…

 263 total views,  23 views today

Read More

संसदीय गरिमा र मर्यादा कसले जोगाउने?

कृष्णा पौडेल । प्रतिनिधि सभाका सभामुखको निर्वाचनको दिन माघ ५ गते नेपालको संसदीय इतिहासमै नदेखिएका परिदृश्यहरू देखिए। सांसदले रोस्टमबाट सभामुखको अनुमतिबिना नै अन्य सांसदहरूलाई मौन धारण गराए। एक जना सांसदले हत्याको अभियोग लागेका सांसदहरू सभा भवनमा आएको भन्दै त्यसको निरूपणभन्दा पनि मतदानमा सहभागी गराइन्छ कि गराइँदैन भनेर प्रश्न गरे। अर्का एक जनाले प्रतिपक्षी बिहीन संसद सञ्चालन गर्न पाइँदैन भन्दै प्रमुख प्रतिपक्षी दल निर्क्यौल गर्न ध्यानाकर्षण गराए। अन्य बैठकमा जस्तै माननीयहरूको सवाल जवाफ र जुहारी त त्यस दिन पनि राम्रै चल्यो। कसैले मुटुदेखिको मायाका कुरा गरे, कसैले माछा र ढोक्साको कथा…

 667 total views,  37 views today

Read More

इन्द्रावतीमा विद्यालय दिवा खाजा परियोजना

जनतापत्र, इन्द्रावती ।विश्व खाद्य कार्यक्रम (WFP)को प्राविधिक सहयोगमा संचालित स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा परियोजना सम्बन्धी अभिमुखिकरण इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ ।सो गाउपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षता एवं कार्यपालिका सदस्यहरुको सहभागितामा भएको कार्यक्रम मा पालिका भित्रका बिध्यालयमा दिवा खाजालाई प्रभाबकारी बनाउने विषयमा छलफल भएको थियो । खाजामा स्थानियमै पाइने खाद्यान्न प्रयोग गरिने भएको हो ।  466 total views

 466 total views

Read More