मध्यभोटेकोसी जलविद्युत् आयोजनाको अन्तिम मुख्य सुरुङ ‘ब्रेक थ्रु’


जनतापत्र, भोटेकोशि ।
सिन्धुपाल्चोक जिल्लाको मध्यभोटेकोसीको अन्तिम सुरुङ ‘ब्रेक थ्रु’ बुधबार गरिएको छ । भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको अन्तिम मुख्य सुरुङ (अडिट) ‘ब्रेक थ्रु’ गरिएको हो ।
आयोजनाका मुख्य तीन सुरुङमध्ये हेडवर्क्सस्थलमा यसअघिदेखि बन्दै गरेको ३ हजार ६ सय ९८ मिटरको अडिट १ सुरुङ बुधबार दिउँसो छिचोलिएको थियो ।
आयोजनाको अघिल्लो वर्षमा नै मुख्य सुरुङ २ र ३ ब्रेक थ्रु भइसकेको थियो, यो अन्तिम अडिट १ हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले भने यही ‘एचआरटी अडिट’ पनि ब्रेक थ्रु भएको छ, आन्तरिक तालिकाअनुरूप आवश्यक काम
धमाधम गरिरहेका छौं,’

 6,663 total views,  24 views today

Related posts