पाँचपोखरीका सवै उपभोक्ता समितिको बैंक खाता

युवराज भट्टराई, पाँचपोखरी
पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारी , वडा समिति तथा कर्मचारीहरुका लागि योजना संचालन सम्बन्धी एक दिवशिय अभिमुखीकरण गोष्ठि सवै वडाहरुमा सम्पन्न भएको छ ।
कार्यक्रमसंगै गाउँपालिकाले पहिलो पटक उपभोक्ता समितिको बैंक खाता वडा वडा मै खोल्ने कार्यको थलानी समेत गरेको छ ।
उपभोक्ता समितिहरुले अव बैंक खाता खोल्न गाउँपालिका सम्म पुग्नुपर्ने वाध्यता नपर्ने भएकोमा उपभोक्ता समितिका पदाधिकारीहरुले खुसी व्यक्त गरेका छन् ।
हरेक वडाहरुमा उपभोक्ता समितिको काममा अपनत्व अनि जनसहभागिता बढोस् भनेर उपहार स्वरूप उपभोक्ता समितिको छाप गाउँपालिका निःशुल्क वितरण गरेको छ सो पालिका अध्यक्ष टासी लामाले वताउनु भएको छ ।
गाउँपालिकाले सूचिकृत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सूचिकृत भएका कामदारहरुले मात्र उपभोक्ता समितिको काममा प्राथमिकता पाउने तथा अनिवार्यरूपमा कामदारहरुले बैंकमा खाता खोल्नुपर्ने नयाँ नियमको थालनी भएको हो ।
गाँउपालिकाको सवै वडासम्म आई जनताको सेवा दिने मेगा बैंकलाइ अध्यक्ष लामाले धन्यवाद दिएका छन ।

 13,301 total views,  43 views today

Related posts