२ प्रतिशत ब्याजमा नगरबासीलाई ऋण दिइने

सुनिता रखाल, चौतारा ।
युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरी यस वर्ष २ करोड ऋण प्रवाह चौतारा साँगाचोकगढी नगरपालिकाले गर्ने भएको छ ।

नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, बिदेशबाट फर्किएका, कृषि तथा लघु उद्ययमको क्षेत्रमा स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यबिधी २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो । नगरबासीहरुले २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्ने जनाईको छ ।

सुखी नगरबासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौत गरी सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध गराउन लागेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो ।

 23,167 total views,  4 views today

Related posts