पाँचपोखरीमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

युवराज भट्टराई, पाँचपोखरी ।
पाँचपोखरी थाङ्पाल गाउँ पालिकाले बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण १८ सय ब्यक्तिहरुलाई केवाइसी भर्ने कार्य सम्पन्न गरेको छ।
पाँचपोखरीमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २४०० जना रहेका छन । ति मध्ये १८०० ले बैक मार्फत प्राप्त गरि सकेका छन । सामाजिक सुरक्षा भत्ता पाँचपोखरी प्रत्येक वडा कार्यालय मा मेगा बैक लिमिटेड गई वितरण गरेको थियो । भत्ता सङै जेष्ठ नागरिक परिचयपत्र समेत वितरण गरेको थियो ।
अघिल्लो बर्ष १२ सय ९० वितरण भएको थियो भने यो बर्ष १ सय ५४ लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा केहि स्थानमा भौगोलिक बिकटताका कारणले सेवा प्रदान गर्ने बैक र सेवा ग्राहिलाई समेत केहि समस्या भएको छ ।
आगामी दिनमा यि समस्यालाई मध्यनजर गर्दै समस्यालाई समाधान गर्ने र नागरिकलाई सहज ढंगबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सो पालिकाका अध्यक्ष टासि लामाले बताउनु भएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्ध ,अशक्त र अपाङ्गको हकमा भने ईच्छाईएको ब्याक्ती वा संरक्षकबाट बैक मार्फत, सामाजिक सुरक्षा भत्ता निकाल्न सकिने छ । काठमाडौंमा रहने नागरिकले आफुलाई पायक पर्ने स्थानमा, मेगा बैक लिमिटेडमा केवाईसी फाराम भरि भत्ता लिन सक्ने कुरा पालिकाको सामाजिक बिकास शाखा प्रमुख दिनेश कुमार पोखरेलले बताउनु भएको छ ।

 18,776 total views,  59 views today

Related posts