मुक्तक


सुशिला पौडेल ।
फिका फिका थियो जीवन तिमी आउनु अघि
शून्यताले दुखाउँथ्यो यो मन तिमी आउनु अघि
अब त सादा तस्बिर पनि रंगीन भएको छ
थियो डरलाग्दो एक्लोपन तिमी आउनु अघि ।
म कर्मको भोको हुँ तक्दिरको हैन
म न्यायको भोको हुँ नजीरको हैन
आऊ तिमी पनि माया गर मलाई
म प्रेमको भोको हुँ शरीरको हैन ।

जस्तो बोली उस्तै व्यवहार भैदिए
बोलेको पुर्याउने संस्कार भैदिए
यहाँ मान्छे किन दुःखी हुन्थ्यो होला र
मान्छेको मनमा चोखो प्यार भैदिए ।

सबैको जाती हुने पनि सहुन्जेल रहेछ
अपमान खप्ने धीरता रहुन्जेल रहेछ
लाग्थ्यो मैले जस्तै सबैले माया गर्छन् मलाई
कहाँ हुनु त्यो त आँखा अघि छउन्जेल रहेछ ।

कलियुगमा मूर्खलाई हजुर भन्नू पर्ने रहेछ
रुप विनाको कागलाई मजुर भन्नू पर्ने रहेछ
कवाडीमा समेत नबिक्ने पत्रु फलामलाई पो

आहा ! कति राम्रो सुनको गजुर भन्नू पर्ने रहेछ ।

 1,118 total views,  2 views today

Related posts