कम्रेडहरु- जिन्दगीको यात्रामा

सिर्जना तामाङ ।


कम्रेड हरु! जिन्दगीको यात्रामा काडैकाडा, ढुङ्गै ढुङ्गा ,पहिरो नै पहिरो गएको,
अबरुद्ध घुम्ती मोडैमा ,सन्ध्याकालिन सुस्केराले बोलाइएको (अनि साथमा रहेको–२)
एक मात्र आफ्नै छायाले पनि साथ छोडेको !
के यस्तो घटनाको सम्झना छ त कम्रेड हरु!

२)जो निर्दोष ,अबोद छन ,र गन्तव्यलाई आफ्नो सिर तेर्साएर
काडै काडामा टेक्ने पाउको पिर बिर्साएर
(तर पनि निरन्तर यात्रा गरिरहेको)–२
उज्यालो रुपि किरणको आस जगाउदै
अघि बढ्छन सुर्तिमा आगो सल्काएर
के यस्तो बेलाको सम्झना छ त कम्रेड हरु?

३)कम्रेड हरु,त्यही निर्दोष यात्रीलाई चोक–चोकमा बसेर
हुस्की बियर अनि हुक्क तानेर
बिना गल्तिको नानाथरी आरोप लगाएर
आत्म सम्मानमा चोट पुर्याएर
(यति मात्र होर कम्रेड!!)
उस्को चरित्र हत्या गर्ने सम्मको योजना बनाएर
एक्लो पार्छन उसलाइ,
आसाको किरण,आस्थाको द्वार बन्दा गराएर
के यस्तो कथा सुन्नु भएको छ कम्रेड् हरु?

४)जताततै कार्बाहिको माग राख्छन, उस्को आफ्नै घरमा पस्ने गेट बन्द गरिदिन खोज्छन,
(अन्तर घाती अरे के के जाती अ रे )–द्द
चिन्दै नचिनेको बिस खुवाउन खोज्छन,
बिचरा ती निर्दोष यात्रीलाई सधै रुवाउन खोज्छन
के यस्तो कथा सुन्नु भएको छ?

५)हजार माइलको यात्रा एक पाइला बाट सुरु हुन्छ भने झै ,
यात्रीको गन्तव्य त्यही घर थियो, त्यही घर भबिस्य थियो !
घरकै लागि संघर्ष पुर्ण यात्रा गरिरहेका थिए ,
(अपसोच कमेड हरु!)–२
सुन्दर भबिस्यको महल भत्काइ दियो
ती यात्रीको यात्रा छोटो भयो!नितान्त एक्लो अनि बे–साहरा रहयो!!
छोटो कथा टुङ्यियो !

 2,076 total views,  2 views today

Related posts