प्रसुनका दुई गजल


प्रवेश पाण्डे ।

कहिले हर्ष बोकेर कहिले वेदना बोकेर
हिड्छ्न् मान्छेहरु अनेकन चाहना बोकेर ।

देश बनाउने जिम्मा अब चराहरुलाई दिउँ
काम गर्दा रहेछन् सधैं आफ्नोपना बोकेर ।

दबजगबिपय मष्बचथ कmबिि बलम ष्लकष्मभ उयकत
आनन्द लिइ पैसा मान्छेलाई तिरेर जान्छन्
खै किन बसेका होलान् पहाड झरना बोकेर ।

प्रवासीहरुलाई देशको चिन्तै छैन भन्नेहरुले
हेर रेमिटेन्स आउँछ दिनहुँ सम्झना बोकेर ।

देखियो एउटै सभामा सरकार र प्रतिपक्षी
आएथे एउटा झुट अर्को आलोचना बोकेर ।

 1,576 total views,  2 views today

Related posts