विकास याेजनाकाे अनुगमनमा ईन्द्रावती पालिकाकाे अध्यक्ष झम्क नेपाल

जनतापत्र, ईन्द्रावती ।

ईन्द्रावति गाउँपालिका अध्यक्ष झम्क नेपालले शनिवार पालिका भित्र संचालनमा रहेकाे विबिध बिकास याेजनाहरुकाे अनुगमन गर्नुभएकाे छ ।

पालिकाकाे प्राबिधिक सहितको टाेलीले निर्माणाधीन बाहुनेपाटी,ऐसेलु खर्क सडक, त्यसैगरी इन्द्रावती नदी नियन्त्रण (ग्याविन भराई) कार्यको अनुगमन र नवलपुर ज्यामिरे सडक खण्डको अनुगमन गर्नुभएकाे थियाे ।

अनुगमनकाे क्रममा पालिका अध्यक्ष नेपालले बर्खाकाे समयमा नागरिकले सास्ति खेप्न नपर्ने गरि सडक निर्माणकार्य अगाडि वढाउन निर्देशन दिनुभएकाे छ ।

उहाले सम्वन्धित ठेकेदार कम्पनीहरुलाई कामकाे गुणस्तरमा जनस्तरबाट गुनासाे नअाउने गरि प्राबिधिक स्टामेट अनुसार गराउन निर्देशन दिनुभएकाे छ । पालिका अध्यक्ष नेपालले नदि नियन्त्रणकाे काम निरन्तर संचालन गरिने पनि स्थानीयहरुकाे विचमा वताउनु भएकाे छ । ताेकिएकाे समयमा काम सक्न सबै पक्षलाई निर्देशन समेत अध्यक्ष नेपालले दिनुभएकाे थियाे ।

पालिका मुकाम संग जाेडिने सबैसडकहरु बर्खाकाे समयमा पनि संचालनमा राखिने पालिका पुर्वधार विकास समिति संयाेजक एवः साे पालिकाकाे वडा नम्वर ५ काे वडा अध्यक्ष शशिनाथ अाचार्यले जानकारी दिनुभयाे ।

साे अनुगमनमा पुर्वधार विकास समिति संयाेजक एवः ५ नम्वर वडा अध्यक्ष शशिनाथ आचर्य सहित पालिकाकाे प्राबिधिकहरु रहेका थिए ।

 9,192 total views,  11 views today

Related posts