यस्तो रह्यो एमालेको चुनावी समिक्षा

अन्र्तघातीलाई कारबाहीको माग

बागी उम्मेद्वारलाई कारबाहि

पार्टी प्रवेश

स्थानीय तहकोनिर्वाचन २०७४ सकिएको तीन महिना पछि नेकपा एमाले जिल्ला कमिटि सिन्धुपाल्चोकले चुनावी समिक्षा गरेको छ ।
एमाले स्थायी कमिटि सदस्य एवम् केन्द्रिय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराको प्रमुख अतिथ्यतामा  निर्वाचनको समिक्षा गरेको हो । प्रमुख अतिथी बोहाराले जिल्ला पाटी रस्थानीय तह निर्वाचन ०७४ बाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जनताको हितमा काम गर्ने निर्देशन दिनुभएको छ ।
पार्टी नेता तथा कार्यकर्ताहरु जनता माझ काम गर्न लाग्नुपर्ने, जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बोहराले बताउन ुभएको छ । चुनावी समिक्षामा उठेका विषयहरुको बारेमा प्रष्ट पादर्लै बोहराले पार्टी र जनप्रतिनिध बीच समन्वय गरेर स्थानीय जनताको काम गर्ने, स्थानीय तहलार्इ संविधानले दिएको अधिकार अनुसार उदाहरणीय काम गर्न आग्रह गर्नुभयो ।

निर्वाचनको बेला अन्र्तघात भएको, पार्टीमा रहेर पाटीलदे उठाएको उम्मेद्वारलाई असहयोग गर्नेलाई पाटीको विधान अनुसार कारवाही हुने समेत बोहराले बताउनुभयो ।
अन्र्तघातीलाई कारबाहीको माग
नेकपा एमाले जिल्ला कमिटिको २१ आँै पूर्ण बैठकमा बोल्ने अधिकांशले निर्वाचनको बेला पाटीलाई सहयोग नगर्ने, अन्र्तघात गर्ने, विद्रोही उम्मेद्वार बन्ने, अन्य दलमा गएर उम्मेद्वार बन्ने, अन्य दलका उम्मेद्वारलाई सघाउनेलाई कडा चन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन । चुनावी समिक्षामा भाग लिने सदस्यहरुले आफ्नै पार्टीमा नेताहरु प्रति पनि विभिन्न खाले गुनासो गरेका छन् ।
पुराना कार्यकर्तालाई बेवास्ता गरेको स्थानीय पाटीका नेता तथा कार्यकर्तासँग परामर्श नगरी टिकट वितरण गरिएका वडा अध्यक्ष सम्मको टिकट जिल्ला कमिटिल निर्णय गर्ने भनिएपनि अन्तिममा प्रदेश कमिटिमा सिफारिस मात्र गरिएको, पाटीमा अवसरको खोजी गर्नेले टिकट पाएको तर दुख गर्नेलाई बेवास्ता गरिएको, खुलेआम अर्को पार्टीलाई सघाउनेलाई पनि कारवाही गर्न नसकेको, पाटीको निर्णय भदा पनि नेताको निर्णयले पाथामिकता पाउने गरेको गुनासो गर्ने गरेका छन् ।
बागी उम्मेद्वारलाई कारबाहि
स्थानीय तहको निर्वाचन ०७४ मा पाटीको आधिकारीक उम्मेद्वारको विरुद्ध उम्मेद्वारी दिने, अन्य पाटीमा गएर उम्मेद्वार बन्ने ३ जनालाई पाटीको साधारण सदस्य समेत नरहनेगरि कारबाही गरिएको छ ।
त्यसरी कारबाहीमा पर्नेहरुमा लिसंखुपाखर गाउँपालिका–१ मा बागी उम्मेद्वार बन्ने जंगबहादुर लामा,माओवादीमा गएर बलेफि गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बन्ने दुर्गा नेपाल र माओवादीमा नै गएर पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ५ का उम्मेद्वारबन्ने पोडे तामाङरहेका छन् ।
पार्टी प्रवेश
माओवादी केन्द्रमा लामोसमय काम गरेका मिङमार तामाङ एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको काठमाडौ जिल्ला कमिटिमा रहेर काम गरेका तामाङलाई एमाले केन्द्रिय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले स्वागत गरेका हुन् । हालसम्मको निर्वाचन क्षेत्र नं. १ मा रहेका अन्य पाटीका थुप्रै नेता कार्यकर्ताहरु प्रवेश गर्ने कार्यक्रम रहेतापनि व्यवहारिक कठिनाईले उक्त प्रवेश कार्यक्रम स्थगित भएको एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताउनुभयो ।
सिफारिस गर्ने निर्देशन
मुख्य गरि स्थानीय तहको निर्वाचन ०७४को समिक्षा गर्न आयोजित बैठकमा वडा कमिटि गाउँपालिका कमिटिको बैठक राखेर निर्वाचनमा असहयोग गर्ने अन्य पाटीका उम्मेद्वारलाई सहयोग गर्ने भोट नहाल्ने, हालेपनि सातैवटा चिन्हमा नहाल्नेको बारेमा निष्पक्ष छानबिन गरि कारबाहिको लागि जिल्ला कमिटिमा सिफारिस गर्न निर्दैशन दिएको जिल्ला पार्टि अध्यक्ष झम्क नेपालले बताउनुभयो ।
साथै पार्टीको संगठन निर्माणको विभिन्न कार्यक्रम पनि जिल्ला कमिटिले तय गरेको पनि अध्यक्ष नेपालले बताउनुभयो । बैठकमा एमाले पोलिब्युरो अरुण नेपाल, केन्द्रिय सदस्य एवम्सांसद शेरबहादुर तामाङ, प्रदेश कमिटिका सदस्यहरु सुभाष कर्मचार्य, डम्बर अर्याल, हस्त पण्डित, केदार क्षेत्री, पूर्व लेखा आयोगका केन्द्रिय सदस्य सरेश नेपालको उपस्थिति रहेको थियो । lokpriya samachar bat

 856 total views,  2 views today

Related posts