सुरक्षा निकायलाई निर्वाचन भयरहित बनाउन गृहमन्त्रीको निर्देशन

१८ भदौ, जनकपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय निकायको तस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

जनतामा अहिले निर्वाचन प्रति उत्साह देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनको लागि तीन वटै तहको निर्वाचन सम्पन्न हुनु पर्ने भएकोले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मा आएको बताए ।जनकपुरमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले सुरक्षा निकायको सक्रियताले मात्रै निर्वाचन सम्पन्न हुने बताए ।अहिले जनतामा निर्वाचन प्रति उत्साह देखिएको बताउँदै उनले केही ठाउँमा आएको बाढीको कारणले समस्या आएको भएपनि बाटो बनाउने कार्यमा नेपाली सेना परिचालन भएको कारणले गर्दा समस्या नआउने बताए । उनले राजपा निर्वाचनमा सहभागिता जनाएपछि निर्वाचनमा सहजता आएको बताएका छन् ।

सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठीमा गृहमन्त्री शर्मा, गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ, निर्वाचन आयुक्त ईला शर्मा, गृहसचिव लोकदर्शन रेग्मी सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।

onlainkhaber

२०७४ भदौ १८ गते १३:४६ मा प्रकाशित

 270 total views,  2 views today

Related posts