नेपाल हिल्फेको सहयोग र जनहितको समन्वयमा खाद्यान्न वितरण


जनतापत्र संवाददाता, चौतारा ।
अति बिपन्न र कोभिड १९ का कारण प्रभावित भएका १ सय ५१ परिवारलाई नेपाल हिल्फे बाइलेङ्गृसले जनहित ग्रामीण सेवा समितिको सहजीकरण र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा खाध्यान्न सामाग्री बितरण गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ४ मा १५, वडा नं ५ मा १०० र वडा नं ७ मा ३६ गरि १५१ परिवारलाई सहयोग गरेको हो । सुनौलो बिहानी युवा क्लबले राहत बितरण कार्यक्रमको सम्पुर्ण ब्यवस्थापनमा स्वयंसेवकको भुमिका खेलेको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुखको प्रमुख आतिथ्यता तथा नेपाल हिल्फे बाइलिङ्गृस का नेपाल प्रतिनिधि सुनिल कृष्ण श्रेष्ठको बिशेष आतिथ्यतामा वडा नं ५ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि १०० परिवारलाई राहत बितरण गरिएको थियो भने अन्य वडा हरुमा नेपाल हिल्फे बाइलिङ्गृस का नेपाल प्रतिनिधि सुनिल कृष्ण श्रेष्ठको उपस्तिथिमा राहत बितरण गरिएको हो।
राहत प्याकेजमा ६० किलो मसिनो चामल, ५ किलो दाल, २ लि तेल, २ किलो नुन, २ किलो चिनी, २०० ग्राम चियापत्ती, २ किलो लुगा धुने साबुन, २ वडा नुहाउने साबुन रहेको थियो भने सम्पुर्ण सामग्रीको प्रती परिवार ४ हजार ३ सय परेको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताउनुभयो।
चौतारामा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख अमान सिं तामाङले नेपाल हिल्फेले सहयोग गरेको प्रति धन्यवाद दिदैं भन्नु भयो नेपाल( हेल्फेले आमाको जस्तो सहयोग गरिरहेको वताउनु भयो । नागरिकहरु समस्या परेको वेला गरेको यो सहयोगले ठुलो राहत मिलेको प्रमुख तामाङले वताउनुभयो ।
सो वितरण कार्यक्रममा वोल्दै नेपाल हिल्फेका प्रतिनीधि सुनिलकृष्ण श्रेष्ठले विपन्न परिवार र कोभिडद्धारा प्रभावितहरुलाई सहयोग गर्न पाउदाँ खुशी लागेको वताउनु भयो ।
वितरण कार्यक्रमलाई सहजीकरण गर्दै वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले तिहारको समयमा आफ्नो वडाका विपन्न परिवारले राहत प्राप्त गरेकोमा नेपाल हेल्फे र जनहित ग्रामिण सेवा समितिलाई धन्यवाद दिनुभएको छ । त्यस्तै वडा नं ७ का अध्यक्ष उमाप्रसाद दुलालले नेपाल हिल्फेको सहयोग यस नगरपालिकामा अतुलनिय रहेको बताउनुभयो ।
शनिबार नै हिल्फेको सहयोगमा वडा नं ४ मा निर्माणाधीन स्वास्थ्य चौकि र वडा नं ९ मा निर्माणाधीन बिद्यालय को स्थलगत अनुगमन समेत भएको थियो।
नेपाल हिल्फे बाइलिङ्गृसले २८ बर्ष देखि चौतारा साँगाचोकगढी नगरपालिकामा काम गर्दै आएको र यश अवधिमा २२ वटा बिधालय २ स्वास्थ्य चौकी, ३ वटा खानेपानी योजना निर्माण, मेलचौरमा एउटा एम्बुलेन्स उपलब्ध गराएको र सबै बिधालयका शिक्षकतथा बिध्यार्थीलाई युनिफर्म, पुस्तक स्टेसनरी तथा भुकम्पको बेला विभिन्न राहत सामग्री बितरण गरेको थियो भने भुकम्प बाट क्षतिग्रस्त बिधालयहरुमा टिएलसी निर्माण गरेको थियो। अहिले पनि नेपाल हिल्फे बाइलेङ्गृसले बिपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति तथा उच्च शिक्षा पढ्न सहयोग गरिरहेको हिल्फेका जिल्ला संयोजक श्याम पण्डितले जानकारी गराउनुभयो।

 16,419 total views,  44 views today

Related posts