हाम्रो हेलम्बु – शुन्दर हेलम्बु

रोसन दङ्गाल ।

सिन्धुपाल्चोकको हेलम्बु रमणीय पर्यटकीय गन्तव्य हो । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा रहेको हेलम्बु तिब्बतसँग जोडिएको छ । अनेक जातजातिको बसोबास रहेको यस स्थानमा चिसो हावापानी, स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरबिर र बेसीका लोभलाग्दो फाँटहरू मुख्य आकर्षक हुन् भने नजिकैबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । शेर्पा संस्कृति, अनगिन्ती बौद्ध स्तुपा तथा गुम्बाहरू र मन्दिर रहेको यो क्षेत्र धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक महत्त्व बोकेको हेलम्बुमा कोरोना कहरका कारण पर्यटकहरू नगन्य मात्रामा पुग्ने गरेको स्थानीयहरू बताउँछन्। कोरोना कहरका कारण ठप्प भएको हेलम्बुको पर्यटनलाई पुन सुचारु गर्न सरकार, स्थानीय सरकार, गाउँपालिका, वडा र स्थानीय युवाहरूले आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ सोही क्रममा हेलम्बु युवा समाजले होलीको अवसर पारेर हेलम्बुको पर्यटन प्रवर्द्धनका लागि रातोपुल चनौटेमा ‘प्रथम हेलम्बु होली धमाका तथा साङ्गीतिक कार्यक्रम’ आयोजना गर्दै छ। यस कार्यक्रममा होलीको रङ्ग सँगसँगै त्यहाँको प्राकृतिक सौन्दर्यताको बेजोड ढङ्गले त्यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउने आयोजक बताउछन।

यहाँ होली खेल्न पुग्ने जो-कोही आन्तरिक तथा बाह्य पर्यटकहरूले सफा गाउँघर, आग्रानिक खानेकुरा, शेर्पाहरूको न्यानो आतिथ्य सत्कार, हिमाल तथा पहाडी भूभागको सुन्दर मनोरम दृश्यको नजिकबाट रशास्वादन सहितको अनुभव समेत गर्न सक्ने छन् ।

‘स्वर्गकै टुक्रा’ भन्न मिल्ने सुन्दर हेलम्बु गाउँपालिकाका ट्रेकिङको इतिहासमा प्रथम मानिन्छ। हेलम्बुमा अन्य धेरै घुम्न लायक स्थानहरू रहेका छन्। उल्लेख्य मात्रामा ट्रेकिङका लागि पर्यटकहरू जाने हेलम्बुमा अहिले भने केही कमी आएको छ । हेलम्बुको चनौटे,तिम्बु, शेर्माथान, ह्याङलुङ्ग, तार्केघ्याङ, मेलम्चीघ्याङ, आमा यांग्री पर्यटकीय आकर्षण बोकेका स्थान हुन् ।

“पर्यटन बिकासका युवा “यस अभियानका व्यबस्थाप तथा युवा व्यावसायी नवीन कक्षापति अनुसार:-
यस प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रमले हेलम्बु पर्यटनलाई टेवा पुर्याउने उद्देश्य र युवा जागर्णकाे ज्वालन्त उदाहाण पनि हाे साथै हामीले हाम्रो हेलम्बुम रहेको धर्मिक ,पर्यटकिय र बन्दै गरेको हिमालयन ग्रेटलाइ प्रचारप्रसार गर्न हाम्रो योजना रहेको छ। याे हाम्राे प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रममा सबैले साथ दिनु हुनेछ आशा गरेको छौ।

 4,468 total views,  73 views today

Related posts