सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी , घरबाट ननिस्कन प्रशासनको आदेश



जनतापत्र,चौतारा ।
‍‍‍सिन्धुपाल्चोकका नौ स्थानीय तहमा अहिले बिहान देखि निषेधाज्ञा जारी गरिएको छ । हिजो , बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
सो बैठकले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका र भोटेकासी गाउँपालिकाको अरनिको राजमार्ग आसपास क्षेत्र , सिन्धुपाल्चोक खण्डको बन्देउ देखि खाडिचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोसी र लिसंखु पाखरको गाउँपालिकाको खाडिचौर देखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका बन्देउ देखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ ।

चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफि र जुगलका बलेफि देखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।

 7,946 total views,  66 views today

Related posts