वलेफी -५ को मुलावारीमा शव भेटीयो , हत्या गरेको हुन सक्ने आशंका

जनतापत्र, वलेफी ।
वलेफी गाउँपालिका ५ स्थीत मुलावारीमा एक जना युवकको शव भेटीएको छ । सोमवार राती टाउको फुटेको र झुडिएको अवस्थामा स्थानीय राम वहादुर भुजेलको शव भेटीएको हो । २८ वर्षका भूजेललाई कसैले हत्या गरेर झुड्याइएको हुन सक्ने प्रहरीले वताएको छ ।
प्रहरीका अनुसार केही घरमा र अलि परको खोल्सामा समेत रगत भेटिएको वताएको छ । हतियार प्रयोग गरेर हत्या गरेको अशंका गरिएको छ । सो घटनाको अनुसन्धान गर्न टोली खटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 11,447 total views,  4 views today

Related posts