वनको सहयोगमा जोखिम जग्गामा वृक्षारोपण

जिल्ला वन कार्यलय वृक्षारोपण गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ ।
सिन्धुपाल्चोकले पहिरोबाट जोखिम देखिएका जिल्लाका १२ वटा स्थानीय तहका हरेक वडामा जिल्ला वन कार्यलयले आफ्नो स्रोत र साधनले भ्याएसम्म विरुवा उपलब्ध गराई वनजङ्गलको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको । जिल्ला वन कार्यालय जानकारी दिएको छ ।
जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकले जिल्लाका विभिन्न जोखिय युक्त बस्ति र बाँझो जग्गाहरुमा वृक्षारोपण कार्यक्रम गरेको छ । भूमि अधिकार मञ्चाले जिल्लाका वन कार्यलयहरुमा समन्वय गरी स्थानीय नागरिकहरुसँग सहमती गरी जोखिम युक्त स्थान र बाँझो जग्गामा वृक्षारोपण गरेको कारण खेर गएको जमिनको सदुपयोग पनि भएको र पहिरोको जोखिमबाट पनि बच्न सहयोग पुगेको इन्द्रावती गाउँपालिका–४, नवलपुर निवासी गीता श्रेष्ठले वताइन ।
खाली जग्गा जमिनमा वृक्षारोपण गरी वातावरण संरक्षणमा योगदान पु¥याउन स्थानीय नागरिकहरुलाई उर्जा र हौसला प्रदान गर्न यो कार्यक्रम गरिएको जिल्ला भूमि अधिकार मञ्चका कार्यक्रम संयोजक माधव ढकालले वताए ।
उनका अनुसार जिल्ला भरी रहेको भूमिहिन किसानहरुलाई एकिकृत गर्दै उनीहरुको आयआर्जनमा वृद्धि गराउन स्वरोजगारको लागि विशेष व्यवस्थापन गर्न पनि यो परियोपनाले सहयोग पु¥याएको छ ।
भूमि अधिकारबाट बञ्चित किसानहरुलाई जिल्ला भूमिअधिकार मञ्चले अमला, तेजपात, खयर , सल्ला, इपिल, किम्बु, धुपी, बडर, खनायो जस्ता विभिन्न जातको दुई हजार भन्दा बढी बिरुवाहरु जिल्ला वन कार्यलयसँग समन्वय गरी गाती, राम्चे, धुस्कुन, नवलपुर र बाँडेगाउँमा भूमि अधिकारबाट बञ्चित किसानहरुलाई वितरण गरिएको थियो ।

 168 total views,  2 views today

Related posts