वडा अध्यक्ष अाफै खटेर वनाए नेसम खाेलामा बाढिले वगाएकाे अस्थायी पुल

जनतापत्र, गुम्वा ।

जुगल गाँउपालिका वडा नम्वर ३ मा रहेकाे नेसम खोलामा रहेकाे अस्थायी पुल केही समय अगाडि बाढिले बगाएको थियाे ।

साे पुल वगाएकाे कारण दिपु केङ्यासिङ तेम्वथानकाे स्थानीयलाई बजार लगाएत सबै अतिअाबश्यक कामकाे लागि असहजता थियाे ।
त्यस समस्यालाई मध्य नजर गरि वडा अध्यक्ष लक्ष्मण दाेङ लगाएत नेकपा एमालेकाे गुम्वाकाे अगुवाहरुकाे टिमले अस्थायी पुल निर्माण शनिवार सम्पन्न गरेकाे छन् ।
ङिमाडोल्मो तेम्बाथान तेगा साङ्गलुङ र दिप्पु को जनतालाई आपत जावत गर्नलाई अस्थायी रुपमा भएपनि सहज भएकाे स्थानीयहरु वताउछन् ।

हामिसडक संजालवाट टुटेकाे थियौ । वजारसंगकाे सम्बन्ध टुटेकाे थियाे । हामी भाेगभाेकै मर्नु पर्नि अवस्था थियाे । सामन्य स्वास्थ्य उपचारकाे सुविदावाट बन्चित भएकाे अवस्थामा वडा अध्यक्ष अाफै खटेर अस्थायी पुल वनाउनु भएकाे छ । त्यसैले जनताकाे सेवककाे रुपमा काम गर्ने जनप्रतिनिधि निर्वाचित गरेकाे अनुभव भएकाे तेम्वाथानका एक स्थानीय वताउछन् ।

 7,160 total views,  2 views today

Related posts