मेलमिलाप कर्तालाई प्रोत्सान गर्छौ -भोटेकोशीका उपाध्यक्ष शेर्पा

जनतापत्र, भोटेकोशी ।
भोटेकोशी गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक दिछेन शेर्पाले मेलमिलाप केन्द्र व्यवस्थीत गर्ने वताएकी छिन । सवै वडामा मेलमिलाप केन्द्र व्यवस्थीत गर्नको लागि न्यायिक समिति तयार रहेको वताएकी छिन । पहिलेका मेलमिलाप कर्तालाई प्रोत्सान गरि नयाँ मेलमिलाप कर्ता तयार गर्नेको लागि तालिमको व्यवस्था गर्न लागेको उनको भनाई छ । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले मेलमिलापको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आगमी दिनमा पनि तालिमको सहजिकरणका साथै अन्य सहयोगको अपेक्षा राखेको उनले वताइन ।

न्यायिक समितिका संयोजक शेर्पा र प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका प्रतिनीधिहरुवीच वहुसरोकारवाला द्धन्द्धका विषयमा पनि छलफल भएको थियो ।

 4,232 total views,  2 views today

Related posts