महिला हिंसा न्यूनिकरण विषायक अन्र्तरक्रिया कार्यक्रममा


जनतापत्र, चौतारा ।
महिलाको अधिकार स्थापित गर्नको लागि अझै पनि धेरै संघर्ष गर्नु पर्ने चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले बताएकी छिन् ।
महिला हिंसा न्यूनिकरण विषायक अन्र्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
संविधानले महिलालाई अधिकार दिएपनि त्यस्ता अधिकारलाई समाजमा स्थापति गराउन संघर्ष गरिरहनु परेको र समाजको हरेक वर्गमा पितृसत्तात्मक सोच नहटिसकेका कारण पनि संघर्ष गरिरहनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा सामुदायिक प्रहरीले पनि हिंसा न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । प्रशिक्षक रामशरण विकले सो कार्यक्रमको सहजिकरण गरे । अन्र्तरक्रियामा नगर महिला सञ्जालको उपाध्यक्ष रिना श्रेष्ठ, वडा सदस्य मनकुमारी चुवान, लिला नेपाली लगायतका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

 3,627 total views,  4 views today

Related posts