इन्द्रावतिमा ढुङ्गा गिटी उत्खनन विवाद माकुराले मिलायो


इन्द्रावति ।
लामो समयदेखि चलिरहेको विवाद मिलेको छ । इन्द्रावति गाँउपालिका वडा नं. ४ नवलपुर स्थीत वुद्ध सामुदायिक वनको ढुङ्गा गिटी उत्खनन तथा समुहको अन्तरिक सुशासन सम्वन्धी विवाद मिलेको हो । त्याहाँको विवादमा सहजिकरण गर्नको लागि डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाललाई पत्र पठाएको थियो । सोहि अनुसार सो संस्थाले वहुसरोकारवाला विवाद रुपान्तरण प्रक्रिया अनुसार सहमति गराएको हो ।


सहमतिमा भनिएको छ, विगत लामो समय सम्म हुन नसकेको सामुदायिक वनको साधारण सभा मिति २०७९ साल चैत्र २२ गते हुने विकल्प पारितको संयुक्त वैठक कै दिन सम्पन्न गर्ने ,वन समूहका पदाधिकारीले हाल सम्मको आम्दानी खर्चको बिवरण साधारण सभामा सवै उपभोक्ता माझ प्रष्टसंग सार्वजनिकीकरण गर्ने र सोही दिन समुहसंग भएको कुराहरु नयाँ वन्ने कार्यसमितिलाई वोझवुदारथ गर्ने र सामुदायिक वन उपभोक्ता समूहको विधान तथा वन कार्ययोजना तयार गरी सोहि अनुसार वनको संरक्षण, संवद्धर्धन र व्यवस्थापन गर्ने र समान ढंगले वन पैदावारको वितरण तथा उपभोग गर्ने उल्लेख गरिएको छ ।


त्यसैगरीउ पभोक्ताहरुले वन पैदावर उपयोग गर्दा वनको विधान तथा कार्ययोजना अनुसार प्रयोग गर्ने । ढुंगागिटी लगायत कानुनले निषेधित गरेको वस्तुहरुको उत्खन्न नगर्ने , गाँउपालिका, डिभिजन वन कार्यालय र वुद्ध सामुदायिक वन समुहकोे निर्णय अनुसार २०८० जेष्ठ मसान्त भित्र नापी नक्शा र छलफलको आधारमा वन क्षेत्र छुट्याउन सबैले सहयोग गर्ने । वन क्षेत्र भित्र अनाधिकृत रुपमा घर टहराहरु बनेको भएमा सम्वन्धीत निकायहरुको निर्णयमा हटाउने सहमति पत्रमा लेखिएको छ ।


सामुदायिक वनको आर्थिक गतिविधिहरु अर्ध वार्षिक रुपमा सबै उपभोक्ताहरुले देख्ने गरी सार्वजनिक स्थानमा टाँस गरी बार्षिक रुपमा समूहको आर्थिक तथा प्रगती प्रतिवेदन सम्बन्धित निकायमा पारदर्शि रुपमा पेश गर्ने , वुद्ध सामुदायिक वन समुहको क्षेत्रभित्र निर्माणधिन भवनको संरक्षण गरि समुहको कार्यालय संचालन गर्ने र मासिक रुपमा वैठक संचालन गर्ने र यो
माथी उल्लेखित वुदाँहरु निर्धारित समय सिमा भित्र कार्यन्वयन गर्न गराउन हामी सवै पक्षले इमान्दारिताका साथ लागी पर्ने छौं भनेर विवाधित पक्षले सहमति गरेका छन ।

सो सहमति भएपश्चात त्यहाँका समुदायले खुशीयाले वाँडेका छन । कार्यसमिति र उपभोक्ताहरुवीच रहेको विवादका पक्षहरु साथै त्यस विवादका सरोकारवाला निकायहरु, जनप्रतिनीधिहरुको रोहवरमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।


विकल्प पारितको संयुक्त वैठकमा वोल्दै इन्द्रावति गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शोभना तामाङले आपसी सम्वादको माध्यमवाट मिलेको विवाद दिगो हुने वताइन । कार्यक्रममा वडा अध्यक्ष क्षेत्रवहादुर तामाङले निरन्तर संवादले नै याहाँको विवाद मिलेको वताउदै द्धन्द्ध रुपान्तरण प्रकृयाले जस्तो सुकै विवाद पनि मिलाउन सक्ने दावी गरे ।
सो विवादमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रका नेत्र धिताल, टीका सुवेदी, सुनिता रखाल लगायत माकुरा समुहले द्धन्द्ध रुपान्तरण प्रकृया अनुसार सहजिकरण गरेका थिए । कार्यक्रममा सहजिकरण गर्नेहरुलाई ईन्द्रावति गाँउपालिका न्यायिक समितिले सम्मान गरेको थियो

 4,114 total views,  16 views today

Related posts