एयरगन सहित भारतबाट फर्कंदै गरेका युवक पक्राउ

७ भदौ, बाँके । भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाका बाट  एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९ वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रा सहित पक्राउ परेका हुन् ।

सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेक जाँच गर्दा उनको साथ बाट एयर गन र छर्रा फेला परेको जनाएको छ ।

रोजगारीका लागि भारत पुगेका रानाले दशैं मान्न नेपाल फर्केको र चरा मार्नका लागि बन्दुक ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

उनी माथि अनुसन्धान भइरहेको इलाका कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुधिर खड्काले जानकारी दिए ।

२०७४ भदौ १७ गते १०:३९ मा प्रकाशित

 168 total views,  2 views today

Related posts