बलात्कारको अभियोगमा ८० वर्षीय बृद्ध पक्राउ


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई बालिका जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । पीडित बालिकाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको छ ।

 6,490 total views,  2 views today

Related posts