लगातारको बर्षाले मेलम्ची र हेलम्बुको विभिन्न स्थानमा सडक अवरुद्ध


प्रमिला बि.क ।
लगातारको बर्षाले मेलम्ची र हेलम्बुको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । .
शनिबार राति बर्षा हुदाँ बाढीले मेलम्ची हेलम्बु सडकको ग्याल्थुम तथा मेलम्ची पाँचपोखरी सडकको राम्चेमा सडक अवरुद्ध भएको हो । गतसाल आएको बाढीले उच्च जोखिममा पारेको नदि तटिय क्षेत्रहरुमा यस बर्ष पुनः क्षति हुन थालेको छ ।
दैनिक मेलम्ची हेलम्बु सडक अवरुद्ध हुँदै आएको छ । कमजोर भूभागहरुमा पहिरो जाँदा बस्तिहरु उच्च जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुल्ला हुन्छ । भने रातिको समयमा पानिका कारण बन्द हुँदा समस्या हुन थालेको त्यहाँका स्थानियको भनाई छ ।
हालको समयमा हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ ।
अहिले क्याम्पस नजिकै बाट खोला बगिरहेको छ जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानियको भनाई छ । किउल देखि मेलम्ची सम्मका नदि किनार आसपासका बासिन्दाहरु दिन रात त्रासमा छन् उनिहरुको मनमा कति बेला बिपत्ति आउछ भन्ने त्रासले बास बसेको छ ।
सो नगरपालिकाको राम्चेमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरप्रमुख आइतमान तामाङका अनुसार, सडक खुलाउन मेसिन पठाइसकिएको छ ।

 2,040 total views,  2 views today

Related posts