तातोपानी भन्सारबाट लक्ष्य भन्दा दोब्बर बढि राजश्व संकलन


जनतापत्र, तातोपानि ।
तातोपानी भन्सारबाट लक्ष्य भन्दा दोब्बर बढि राजश्व संकलन भएको छ । सो भन्सारबाट ३ अर्व ४२ करोड राजश्व संकलन भएको हो ।
कोरोना माहामारी, बाढी पहिरो तथा चीनबाट सामग्री आयतमा कमी लगाएत विविध समस्याका बाबजुत गत आर्थिक बर्षको असार सम्म दोब्बर भन्दा बढि राजश्व संकलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले बताए । गौतमका अनुसार लक्ष्य १ अर्व ४६ करोड रहेकोमा ३ अर्व ४२ करोड अर्थात २३३ प्रतिशत राजश्व उठेको हो । सामन आयत, मापदण्डको पालना र व्यवसायीलाई प्रशिक्षण दिएको लगाएतका कारणले सोचेको भन्दा राम्रो भएको हो ।
संकलित मध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक बर्ष लक्ष्य ४ अर्व ५० करोड
रहेकोमा १ अर्व २ करोड उठेको थियो ।
त्यस्तै भन्सारले अबलम्बन गरेको शिघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धीको पाटो रहेको प्रमुख भन्सार अधिकृत गौतमले बताए ।
भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।
आगमी बर्ष भने लक्ष्य ४ अर्व ६२ करोड रहेको उनले बताए ।
स्याउ तथा मेशिनरी उपकरणहरु आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको छ ।

 3,049 total views,  4 views today

Related posts