तिन जना छोरा अपांगता, उपचार गर्ने पैसा छैन !


जनतापत्र, बलेफी ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –४, करङ्गैराका सुकुमाया तामाङ र निङ्मान तामाङका तिन जना छोरा अपांगता जन्मजात नै अपांग छन्
छाराहरु १८ वर्षीय सुजन, १५ वर्षीय दावा र १३ वर्षीय कुलबहादुर पूर्ण रूपमा उभिन सक्दैनन् । तामाङ दम्पतीको दैनिकी तीनै छोराहरूको स्याहारमा संहारमा दिनरात बितेको छ । तामाङका जोडीले १८ वर्षदेखि अपांगता भएका तीन छोराको स्याहार गर्दै दैनिकी गुजार्दै आएका छन् । उनिहरु मजदुरी र घरधन्दाको थप जिम्मेवारी पालैपालो सम्हालेर छोराहरूको हेरचाहमा समय दिने गछनर्् ।
चार सन्तानमध्ये तीन छोरामा जन्मजात अपांगता देखिएको हो । लुला हातखुट्टा भएका तीनैजना बोल्न हिड्डुल गर्न सक्दैनन् । तीनैजना छोरा सधैँ ओछ्यानमा सुतिरहँदा निकै पीडा हुने उनीहरूले बताए । जायजेथाको नाममा जस्तापाताले बेरेको सानो छाप्रो र थोरै पाखोबारी मात्र रहेको तामाङ दम्पतिको भनाई छ ।
‘सानो छँदा पालनपोषण गर्न पनि सजिलो हुन्थ्यो,’ जेठा छोरा सुजनबारे निङ्मानले भने, ‘जति ठूलो भयो त्यति नै सम्हाल्न कठिन भएको छ ।’ छोराहरूको उपचार गर्न उनले धेरै अस्पताल चहारे पनि उपचार हुन सकेको छैन् ।

उनले भने, ‘डाक्टरले उपचार हुन्छ भन्नुभएको थियो । तर, पैसा नभएकोले फर्काएर घर ल्याएँ,’ अपांगता भएका तीनैजना छोरालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ । तर, त्यो रकमले घरखर्च नटर्ने उनको दुखेसो छ ।
‘कतैबाट पैसाको जोहो गर्न सके हिँडडुल गर्न सक्थे कि भन्ने आशा छ,’ तामाङ दम्पतीको भनाइ छ ।

 823 total views,  2 views today

Related posts