सुन्दरीजलस्थित खोलामा सिन्धुपाल्चोकका युवा डुबेर बेपत्ता


जनतापत्र ।
सिन्धुपाल्चोकका युवा काठमाडौंको सुन्दरीजलस्थित खोलामा डुबेर बेपत्ता भएका छन् ।
तौथलि घर भई हाल बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ । करिब ४ बजेदेखि बेपत्ता भएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।ु

१५– १६ वर्षका सातजना केटाहरू घुम्न सुन्दरीजल गएका मध्ये शुभमश्री प्रधान बेपत्ता छन् । रातिको समयमा खोजीकार्य असम्भव भएकाले पुनः बिहानै देखि खोजीकार्य गरीरहेको डीएसपी न्यौपानेले बताए ।

 980 total views,  2 views today

Related posts