मेलम्ची नगरपालिकाद्धार आर्थिक वर्षको समिक्षा


जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिकाद्धारा आर्थिक वर्षको वार्षिक समिक्षा गरिएको छ
उक्त आर्थिक समिक्षा गर्ने कार्यक्रममा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता रहेको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले समग्र रुपमा प्रस्तुतीकरण दिए ।
सो बैठकमा विकास साझेदारी संस्था महिला आत्मनिर्भर्ता केन्द्रका कृष्ण बहादुर गुरुङ, महिला शक्ति विकास केन्द्रकी सरिता दुलाल, एचआर डिसी हस्पिटल केन्द्रका लेखनाथ आचार्य, शान्ति फाउन्डेशन नेपालका हिरा बहादुर खड्का, शक्ति समुहका टिका वि. क., सब डिभिजन बन कार्यालय मेलम्ची
का प्रमुख बच्चुराम पुडासैनी, १३ वडाका वडा सचिव र नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायतले आ–आफ्नो संस्थाले गरेको प्रगति विवरण, आगामी विकास साझेदारी र योजना सम्बन्धमा प्रस्तुतीकरण थियो ।

 3,529 total views,  4 views today

Related posts