ग्रामिण क्षेत्रका महिला गलैचाला बुनाइलाई आम्दानिको स्रोत बनाउदैँ


जनतापत्र, चौतारा ।
जिल्लाका ग्रामिण क्षेत्रका महिलाहरु गलैचाला बुनाइलाई आम्दानिको स्रोत बनाउदैँ गइरहेका छन् । स्थानीय सरकारबाट विभिन्न तालिम लिएपछि ग्रामिण क्षेत्रका महिला उद्यममा जोडिएका हुन् । स्थानीय सरकारले तालिम दिएपछि गलैँचा बुनेर सिन्धुपाल्चोकका महिलाले राम्रो आम्दानी लिईरहेका छन् ।
सिन्धुपाल्चोकको जुगल, हेलम्बु, लिसङ्खुपाखर, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाका महिलाहरूको पनि मुख्य आयस्रोत गलैँचा बुनाइ भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ३ बाट तीन महिने गलैँचा बुनाई तालिम पाएपछि फुर्सदको समय सदुपयोगसँगै मासिक २० हजारसम्म आम्दानी हुने मनमाया तामाङको भनाइ छ ।
महिला स्वरोजगारसँगै बजारीकरण पनि राम्रो हुन थालेपछि स्थानीय सरकारले पनि गलैँचा बुनाई तालिमसँगै गलैँचा बुन्ने तान लगायत आवश्यक सामग्री पनि निःशुल्क वितरण गर्दै आएका छन् । गुणस्तरीय गलैँचाका लागि बजारको अभाव नभएको उद्यमीहरू जानकारी दिए ।

 4,892 total views,  2 views today

Related posts