समुदायको संस्कार परिवर्तन भए मात्र बालविवाह कम हुनेः नगरप्रमुख सापकोटा


जनतापत्र, चौतारा ।
आदिवासी जनजाति महिला उत्थान केन्द्रले चौतारामा आयोजना गरेको कार्यक्रममा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बालविवाह न्यूनिकरणका लागी समुदायको संस्कार परिवर्तन आवश्यक रहेको बताए ।
बालविवाह न्यूनीकरण सम्बन्धि छलफल तथा परामर्श कार्यक्रममा सापकोटाले यस्तो बताएका हुन् । समुदाय र समाज परिचालन गरेर मात्रै बालविवाह न्यूनिकरण हुने उनको भनाइ थियो ।

उनले चौतारा साँगाचोकगढी नगरपालिमा रहेको बालविवाहको अवस्थाको सर्वेक्षण गरेर तत्काल नगरपालिकाले निति तथा कार्यक्रम बनाउने बताए । समाजसँग प्रत्यक्ष संलग्न रहने कार्यक्रमहरुको प्रथामिकिकरण गरेर कार्यक्रमहरु अगाडी सारेको बताउदै नगरप्रमुख सापकोटाले यस विषयमा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समेत सहकार्य गरेर प्रभावकारी कार्यक्रम बनाउने उल्लेख गरे ।

छलफलका क्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले बालविवाह न्यूनी
करणका लागि जनचेतनाको अभिवृद्धी नै अन्तिम बिकल्प रहेको बताउदै जनचेतना अभिवृद्धीको लागि सबैले सहकार्य गरेर अगि बढनुपर्ने उपप्रमुख सिता थापाले बताइन् ।

सो कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामांगको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष, पत्रकार र किशोरी समुहका किशोरीहरुको सहभागिता रहेको थियो ।

 3,354 total views,  2 views today

Related posts