१० हजार बोरा मल तातोपानी नाकामानै थन्कियो

जनतापत्र, चौतारा ।
१० हजार बोरा मल तातोपानी नाकामानै थन्किएको छ । आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको हो ।

उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल नाकामानै अलपत्र परेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका दुई कम्पनी सिल्क र सिनोभ्याकले चीनबाट किनेर ल्याउन ढिलाइ गरेपछि समस्या शुरू भएको थियो ।
सम्झौता बमोजिम १ सय २० दिनभित्र मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाई सक्नुपर्ने हो । तर, उक्त समयसीमाभित्र ती दुई कम्पनिले मल ल्याइ नदिदा उक्त मल नाकामानै थन्किएकोे हो ।

कृषि सामग्रीले २१ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै जारी गरेको सूचनालाई समेत सिल्क र सिनोभ्याकले बेवास्ता गरेको थियो । हानाथापले गर्दा लामो प्रक्रिया पूरा गरेर भन्सार आइपुगेको मल कुहिने अवस्था छ । अदालतले ‘स्टे अर्डर’ जारी गर्दै मल बुझ्न र सहजीकरण गरिदिन कम्पनीलाई पत्र पठाएपछि कम्पनीले सर्वेयर टोली तातोपानी पठाएर सहजीकरण गरिदिए पनि मल नभित्रिएको कृषि सामग्रीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की बताए ।
स्रोतका अनुसार मल गत वैशाख ३० ग
ते तातोपानी भन्सारमा आइपुगेको थियो । ३ महीनाको भाडा नै करीब ५५ लाख रुपैयाँ पुगिसकेको छ । आयातकर्ता दुवै कम्पनी उक्त भाडा मिनाहा गराउने खेलमा लाग्दा मल नेपाल भित्रन नसकेको हो ।

 4,678 total views,  2 views today

Related posts