कृषि पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गर्छु -वडाध्यक्ष आचार्य

जनतापत्र । इन्द्रावती गाँउपालिका वडा न ५ लाई कृषि पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । वडाध्यक्ष शशिनाथ आचार्यले कृषि पशुपालनका निम्ति उपयुक्त क्षेत्र भएको वताएका छन ।
कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउन पालिका र वडा दुवैले विशेष भूमिका खेल्ने वताएका छन ।
अहिले वडामा धेरै गाई फार्म खोलेर व्यावसायिक ढङ्गले किसानहरू लागेको र कृषकहरूको प्रोत्साहनका लागि गाउँपालिकाले प्रतिलिटर ४ रुपैयाँले बढाएको वताएका छन ।
वडा अध्यक्ष आर्चायले बाँदर बँदेलले लगाएको अन्नबाली सखाप पारे पछि जमिन बाझो राख्न बाध्य भएका किसानहरूलाई ‘‘कृषक प्रोत्साहन कार्यक्रम’’ मार्फत बाझो जमिनमा घाँस रोप्न लगाएर कृषि खेतीमा प्रोत्साहन गर्ने वताए ।

 4,159 total views,  2 views today

Related posts