खत्री एमाले प्रदेश कमिटिमा


जनतापत्र, पाँचपोखरी ।
देवेन्द्र खत्री एमाले प्रदेश कमिटिमा सिफारिस भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ का खत्री समाजसेवी हुन् । नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्यमा देबेन्द्र खत्री सिफारिस भएका छन् ।
लामो समय नेपाली कांग्रेसमा क्रियाशिल खत्री कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष समेत थिए ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकामा अध्यक्षका प्रबल दाबेदार थिए । दाबेदार धेरै भएर उम्मेदवार छनौटमा ढिलासुस्ती हँुदा आक्रोशित भएर गत २०७८ चैत्र १७ गते एमालेमा प्रवेश गरेका थिए ।
उनको एमाले प्रवेशको कारण पाँचपोखरीमा दुई तिहाई बहुमत सहित जीत निकाल्न सहज भएको पाँचपोखरी थाङपाल गाउंपालिका अध्यक्ष टासी लामाले बताए ।
उनलाई पार्टीले दिएको महत्त्वपूर्ण जिम्मेवारीले पाँचपोखरीमा एमालेको संगठन झनै मजबुत भएको छ ।
एमालेलेस्थानीय निर्बाचनमा पाँचपोखरी थाङपाल गाउँपालिक
ामा नेकपा अध्यक्ष ,उपाध्यक्ष सहित दुई तिहाई बहुमत प्राप्त गरेको थियो ।

 13,191 total views,  2 views today

Related posts