अन्तक्रिया तथा तामाङ पत्रकार सम्मान कार्यक्रम


जनतापत्र, चौतारा ।
अन्तक्रिया तथा तामाङ पत्रकार सम्मान कार्यक्रम आइतबार चौतारा बाट नजिकै रहेको धार्मिक स्थल बुध पार्कमा सम्पन्न भएको छ । सो कार्यक्र तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले आयोजना गरेको हो । कार्यक्रममा अन्तरक्रिाका साथै अग्रज तामाङ पत्रकार सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा जिल्लाको प्रथम तामाङ पत्रकार तथा संघका सल्लाहकार ङेम्लिङ लामालाई संघले सम्मान गरेको छ ।सम्मान ग्रहण गर्दै पत्रकार लामाले यो पेसा आर्थिक रुपले सबल बन्ने नभई ब्यक्तित्व बिकास र सामाजिक प्रतिष्ठाको लागि गरिने पेसा भएको उल्लेख गरे । लामालाई पत्रकारीता क्षेत्रमा गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।

तामाङ पत्रकार संघ संघका जिल्ला अध्यक्ष प्रितम ताम
ङको सभापतित्व रहेको थियो भने तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बुद्ध योन्जनको प्रमुख आतिथ्यता र बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्ध योन्जनले संघियता पछि पत्रकार तथा सञ्चार गृहहरुको लागि अवसर धेरै भएको बताए ।

 3,062 total views,  4 views today

Related posts