तरकारी खेतीबाट सिन्धुपाल्चोकका किसानले मनग्य आम्दानी लिदै


जनतापत्र, चौतारा ।
तरकारी खेतीबाट सिन्धुपाल्चोकका किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाका बलेफी, सुनकोशि गाउँपालिका र मेलम्ची नगरपालिकाका किसानहरुले तरकारी खेती तर्फ लागी यसबाट आम्दनी लिन थालेका हुन् । उनिहरुले आफ्नो बारीमा कोदो, मकै लगाउन छोडेर खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी, करैला जस्ता तरकारी लगाएका छन् । जुसले गदौ किसानलाई फाइदा नै फाइदा भएको छ । उनिहरुले टनेल विधिबाट व्यावसायिक तरकारी खेती गरेका छन् । बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान धान, मकै भन्दा पनि तरकारी तिर नै आकर्षित भएका छन् ।
कृषक रोजन तामाङले बताएअनुसार अन्नबाली छाडेर व्यवसायीक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिदै घरमै बसी तरकारी खेतिबाट आम्दानी हुन थालेको हो ।
परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले कि
सानलाई फाइदा भएको बलेफी गाउँपालिकाकी कृषक संगिता तामाङको भनाइ छ ।
तरकारी खेतीमा जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानले सहयोग गरेको छ । किसानहरुले तरकारी संकलन केन्द्रमा तरकारी जम्मा गर्छन् । बजारमा चलेको मुल्य तरकारी बेच्छन् ।

 7,162 total views,  8 views today

Related posts