एमाले छोड्ने निर्णय आवेगको थियो , काग्रेंससंग कुनै संग्लनता छैन-भुपेन्द्र श्रेष्ठ

जनतापत्र ।
स्थानिय तहको निर्वाचन ताका एमाले छोडेर काग्रेंस प्रवेश गरेका त्रिपुरा सुन्दरी गाउँपालिका पूर्व अध्यक्ष भुपेन्द्र श्रेष्ठले काग्रेंसमा कुनै संग्लनता रहेको वताएका छन । उनले एक विज्ञप्ती प्रकाशित गरेर भनेका छन एमाले छोड्ने निर्णय वाध्यता र आवेगको थियो , अव काग्रेंससंग कुनै संग्लनता छैन । उनले प्रकाशित गरेको विज्ञप्ती यस्तो रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पिस्कर नेपाली कम्युनिष्ट आन्दोलनको उद्गम स्थल हो । पिस्कर विद्रोहको विरासत र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आदर्श सिद्धान्तका रुपमा लिंदै वि.स. २०५१ सालबाट नेकपा एमालेमा सक्रिय भएको हुँ । काँग्रेस माओवादीहरुसँग लड्दै जनताका आवाजहरु वोक्दै टेकानपुर गाविसको नेकपा (एमाले) पार्टी प्रमुख हुँदै ईलाका कमिटीको सचिव , क्षेत्रीय सदस्य, जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटीका सदस्यको रुपमा क्रियाशिल भएको व्यहोरा सवैलाई विदितै छ । यसै क्रममा स्थानीय तह निर्वाचन २०७४ मा त्रिपुरा सुन्दरी गाउँपालिकाको अध्यक्षका रुपमा घोर्थली, चोकटी, धुस्कुन, पिस्कर, तौथली र टेकनपुरका जनताका सेवामा क्रियाशिल थिएँ ।
त्रिपुरासुन्दरीका जनताका आर्थिक, सामाजिक रुपान्तरण, भौतिक निर्माण लगाएतका सवालमा म निरन्तर भुगोलमा खटिरहेको थिएँ । स्थानीय निर्वाचनको उम्मेदवार मनोनयनका क्रममा राष्ट्रिय मापदण्डलाई र जनमतलाई वेवास्ता गरी म सँग कुनैपनि छलफल नै नगरी उम्मेदवार छनौट गरिएकोले त्यस प्रति मेरो गम्भिर आपत्ति थियो ।
पार्टीको सबलीकरणमा लागिरहेको दिनानुदिन काँग्रेस माओवादीबाट थुप्रै सवैसाधारणहरु नेकपा एमालेमा प्रवेश गराउँदै हिडिरहेको एक कार्यकर्तामाथि कुनै छलफल विनै राजनैतिक यात्रामा पूर्ण विराम लगाउने दुस्साहस भएको महशुस गरी नेपाली काँग्रेसमा प्रवेश गरेको थिएँ ।
त्यो निर्णय वाध्यता र आवेगको परिणाम थियो । नेपाली कम्युनिष्ट आन्दोलनको पवित्र भुमि पिस्करमा कम्युनिष्ट पार्टीको पराजयबाट पाठ सिक्दै अवका दिनमा नेपाली काँग्रेस पार्टीसँग मेरो कुनै पनि संलग्नता नरहने व्यहोरा अवगत गराउँछु ।
पिस्करमा थामी संग्रालय स्थापना, घोर्थली चोकटीबाट कुरी कालिन्चोक जोड्ने सडक निर्माण, त्रिपुरासुन्दरी मन्दिरमा पित्तलको छाना राख्ने, पिस्करमा पालिका भवन निर्माण गर्ने, टेकानपरमा भव्य वडाकार्यालय निर्माण गर्ने, सुनकोशी पिस्कर सडकको स्तरोन्नती गर्ने, धुस्कुनमा वुद्ध पार्कको परिकल्पना र डिपिआर गर्ने, स्वास्थ्य क्षेत्रमा दरवन्दी कायम गरी आधारभुत स्वास्थ्य सेवा पुराउने, सार्वजनिक शिक्षाको गुणस्तर बृद्धि गर्ने जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न भएका छन् । यस कार्यमा मेरो सक्रियता त्रिपुराका जनताको मनमनमा ताजै छन् । अब पनि त्रिपुराका जनताको साथमा त्यहाँको सामाजिक आर्थिक रुपान्तरण, शिक्षा, स्वास्थ्य, सडक, विद्युत, रोजगारी लगाएका क्षेत्रमा अझ धेरै काम गर्न वाँकी नै छ । म निरन्तर क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

 4,593 total views,  2 views today

Related posts