हाइड्रोपावरको काम तत्काल बन्द गर्न स्थानियलाई निर्देशन


जनतापत्र, जेगल ।
दिनरात अबिरल पानि परिरहेको छ । जताततै पहिरोले बितण्डा मच्याएको छ । त्यस्तै सीता हाइड्रोपावरको लापरबाहीले जुगल गाउँपालिकाको गुम्बामा जताततै पहिरो गएको छ । गाउँपालिकाले हाइड्रोपावरको काम तत्काल बन्द गर्न स्थानियलाई निर्देशन दिएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बामा ३५ मेगावाटको निर्माणाधीन अवस्थामा रहेको सीता हाइड्रोपावरको लापरबाहीका कारण वर्षातको पानीले खेती योग्य जमिन,सडक सगै पुरै पाखा भित्ता जताततै पहिरो गएको छ । स्थानीय लाई पहिरो को बाटो बाट आवातजावत गर्न जोखिम भएको छ । गुम्बाको माथिल्लो बस्तीहरु गुम्बा,क्याङ्सिङ,तेम्बाथान,दिप्पु,तेघा का स्थानियलाई समस्या भएको हो ।
सीता हाइड्रोपावरले भिरालो जमिन मा अव्यवस्थित ढंगले जथाभावी ट्रयाक खोलेको छ । यस्तो पहिरो को जोखिम भएको हो स्थायिएको भनाइ छ ।
अहिले सम्म स्थानीयले जग्गा को मुआब्जा समेत पाएका छैनन् । “हामीले पटकपटक गुनासो गर्दा पनि सीता हाइड्रोपावर प्रालि को संचालक सीता राम तिमल्सिना ले बेवास्ता गरेको छ ।” स्थानीय लामा कान्छाले बताए ।

 2,817 total views,  2 views today

Related posts