२ करोड लागतमा कृष्णको मन्दिर पुनर्निर्माण हुने


जनतापत्र, चैतारा ।
२ करोड लागतमा कृष्णको मन्दिर पुनर्निर्माण हुने भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको २ करोड लागतमा मन्दिर पुरातत्त्व विभाग काठमाडौँद्वारा क्रमागत रुपमा निर्माण सुरु गर्न लागेको हो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट सो मन्दिर ध्वस्त भएको थियो । मन्दिर पुनर्निर्माणको ठेक्का प्रक्रिया यही भदौको दोस्रो साता हुने पुरातत्त्व विभाग, काठमाडौँले बताएको छ ।
सबै नक्सा र स्टिमेट तयार भइसकेको विभागकी इञ्जिनियर आरती पोखरेलको भनाइ छ भने मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै हुने भएको छ ।
सो मन्दिरले ऐतिहासिक र पुरातत्त्व महत्त्व बोकेको छ भने मन्दिर पुनर्निर्माण हुने भएपछि यहाँका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । मन्दिर प्यगोडा शैलीको रहेको छ । सो मन्दिर भूकम्प गएको ६ वर्षपछि पुनर्निर्माण हुने खबरले खुशी लागेको स्थानीय सुरेश कसजूले बताए ।
कृष्ण मन्दिर २०६४ सालमा स्थापना भएको थियो । हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले मन्दिर ध्वस्त भएपछि सो ठाउँमा जस्ताको टहरा बनाई पूजाआजा र जात्रा लाग्दै आएको छ । यसवर्ष पनि बिहानैदेखि मन्दि
रमा भक्तजनको घुइँचो लागेको र दुई दिन मेला लाग्ने कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 4,614 total views,  2 views today

Related posts