विद्यार्थी भाडामा ४५% छुटको ब्यबस्था गर्न अनेरास्ववियु सिन्धुपाल्चोकको ज्ञापन पत्र


जनतापत्र, चौतारा ।

सार्बजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने भाडा छुट तथा शौलियतको विषयमा अनेरास्ववियु सिन्धुपाल्चोकले अनेरास्ववियु सिन्धुपाल्चोक पुर्ब अध्यक्ष एबम बलेफी गाउपालिका निवर्तमान अध्यक्ष अरनिको यातायात प्रा लि का अध्यक्ष केदार छेत्री समक्ष ज्ञापन पत्र पेश गरेको छ । सार्बजनिक यातायातमा विद्यार्थीले ४५% छुट पाउने ब्यबस्था हुदाहुदै पनि कार्यान्वयन पक्ष फितलो भैरहेकोमा अनेरास्ववियु ज्ञापन पत्र बुझाएका हो । विद्यार्थीका यावत् समस्यामा महत्वपुर्ण भुमिका निर्बाह होस् भन्ने ध्यायका साथ सो ज्ञापन पत्र पेश गरिएको छ । शैक्षिक सस्थाको सक्कली कार्ड र भर्नाहुदाको रसिद देखाएर विद्यार्थी भाडामा ४५% छुटको ब्यबस्था नभए अनेरास्ववियु सिन्धुपाल्चोक कडा प्रतिकारमा उत्रने ब्यहोरा अनेरास्ववियु
सिन्धुपाल्चोकले गराएको छ । जिल्ला अध्यक्ष लक्ष्मण सिल्वालको नेतृत्वमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै पुर्व अरनिको यातायात प्रा. ली को अध्यक्ष केदार क्षेत्रीले अनेरास्ववियुको मागहरुलाई तत्काल सम्वोधन गर्ने बताए । अनेरास्ववियुले अनुगमनकारी निकायहरुलाई नियमित
अनुगमन गर्न समेत अनुरोध सहित ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियु जिल्ला कमिटीले जहाँ जतिबेला पनि अनुगमन गर्न सक्ने र यश बिषय कार्यन्वयन नभएको पाईए कनुनी उपचार खोज्ने समेत सो संगठनको जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले जानकारी दिए ।
सरकारले दिएको छुट हो हामिले यातायात ब्यबसाही संग मागेको भिख नभएको र सम्वन्धित पक्षलाई आफ्नो अधिकारको प्रयोग गर्न समेत अपिल गरेको छ ।

 4,631 total views,  2 views today

Related posts