एचआइभी सङ्क्रमितको संख्या सिन्धुपाल्चोकमा १२१


जनतापत्र, चौतारा ।
हालसम्म एचआइभी सङ्क्रमितको संख्या सिन्धुपाल्चोक जिल्लामा १२१ पुगेको छ ।
लामो समयदेखि जिल्लामा एचआइभीरएड्स नियन्त्रणका लागिे मिर्मिरे समूहले काम गर्दै आइरहेको छ । सो समुहका अध्यक्ष किपक तामाङले बताएअनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूषहरुमा सो राग संक्रमण भएको छ । सवैभन्दा बढी एचआइभी सङ्क्रमित जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा भेटिएको छ ।
तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी एड्स देखिएको थियो ।
समूहका अध्यक्ष तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, “यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।

 3,992 total views,  2 views today

Related posts