गबन्धनका उम्मेदवारलाई भव्यताकासाथ स्वागत


जनतापत्र, चौतारा ।
मतदाता भेटघाटमा गबन्धनका उम्मेदवारलाई स्थानियले फुलमालाले स्वागत गरेका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुले मतदाता भेटघाटलाई तिब्रता दिइरहेका छन् । गाउँमा घर आएका उम्मेदवारहरुलाई दल आवद्ध नेता कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत, सत्कार गर्दै जितका लागि शुभकामना प्रदान गरेका छन् ।
मतदाताले शुभकामनासँगै आफ्ना कुरा सुनाउँदा उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता सुनाएका थिए । प्रतिनिधि सभाका साझा उम्मेदवार मोहन मतदातालाई आफूले पाँच बर्ष साझा प्रतिनिधिका रुपमा सबैलाई समेटेर काम गर्ने बताइरहेका थिए । उनले सिन्धुपाल्चोकलाई फ्रि वाइफाइ जोन बनाउने , बाढी प्रभावित मेलम्चिबासीको समस्या समाधान गर्ने योजना सहित यहाँका जनताका आवश्यकता अनुसार विकासका योजना अघि बढाउने बताए । गठबन्धनले आफूलाई रुख चिन्हमा मतदान गर्न उनको अपिल थियो । प्रदेश सभा २ का उम्मेदवार तामाङले पनि आफ्ना एजेण्ड भन्दै गठबन्धनका उम्मेदवारलाई मत मागे ।
यता मतदाता भेटघाट र घरदैलो गरिरहेका क्षेत्र नं २ को प्रदेश सभा १ का उम्मेदवार युवराज दुलाल पनि मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । आफ्नो निवार्चन क्षेत्रमा मत माग्न पुगेका दुलाललाई स्थानियले स्वागत तथा सत्कार गरेका छन् ।
क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फका साझा उम्मेदवार मोहन बस्नेत र क्षेत्र नं २ को प्र
देश सभा २ तर्फका साझा उम्मेदवार कृष्ण कुमार तामाङ सहित समानुपातिक उम्मेदवार मेलम्चि नगरपालिकाभित्रका थकनी, सिन्धुकोट लगायतका स्थानमा मतदाता भेटघाट र कोण सभामा सहभागि भए । मतदाताले आफूले खोजेका र रोजेका उम्मेदवाहरुलाई आफ्नै आँगनमा, बाटोमा रोकेर तथा कोण सभाहरुमा सयपत्री फुलको मालाले गला भरिदिंदा उम्मेदवारहरुको गह भरिएका थिए ।

 5,566 total views,  2 views today

Related posts