गृह जिल्लामा सभामुखले गरे मतदान


जनतापत्र, चौतारा ।
गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा सभामुख अग्नि सापकोटाले मतदान गरेका हुन्् । सापकोटा स्थानीय तह निर्वाचनमा मदतान गर्न मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता रहेका सापकोटा सदा झै यो पटक पनि सो केन्द्रबाट पहिलो मत खसालेका छन् ।
उनले दुई संविधान सभासहित तीन प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर जित निकालिसकेका छन् ।सापकोटा यस पटक चुनावी मैदानमा होमिएका छैनन् । उनि पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भइसकेका छन् ।

उनलाई उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरेको थियो । तर पनि युवालाई अवसर दिनुपर्ने भन्दै मैदान छोडिदिए । यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार छन्। भजित सुबोध उम्मेदवार रहे पनि कानुनी बन्धनका कारण सभामुख सापकोटाले कसैलाई भोट मागेका छैनन् ।

 4,679 total views,  2 views today

Related posts