प्रदेश सभामा मसिना विजयी


जनतापत्र, चौतारा ।

नेपाली कांग्रेसको उम्मेद्वार मसिना खड्का भण्डारीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा को निर्वाचनमा विजयी हात पारेकी छिन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार युद्ध विक्रम तामाङ रहेका थिए । तामाङको भन्दा १ हजार १ सय ६२ मत वढी ल्याउदै खड्का बागमती प्रदेश सभामा जित निकालेकी छिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याएकी छिन् भने उनको प्रतिद्धवन्द्धी एमालेका तामाङले १३ हजार ४ सय ९० मत प्राप्त गरेका छन् ।
बाम–लोकतान्त्रिक गठबन्धनकी मसिना खड्का भण्डारीले जित निकालेसँगै उनको बारेमा चासो वढेको छ । नेपाली काँग्रेसको बलियो पकड भएको क्षेत्रमा हो । युद्ध विक्रम तामाङ बलियो प्रतिस्पर्धीका रुपमा उपस्थीत भएका थिए । भण्डारीले समाजसेवाको माध्यमबाट धेरै कामहरु गरेका छन् । आर्जन गरेको प्रतिष्ठा र महिला उम्मेदवारकैै कारणले प्रदेशसभा सदस्य बन्न अझ सशक्त बनाएको छ ।
उनको जन्मस्थल सिन्धुपाल्चोक हो । भण्डारीले भुकम्प, कारोना महामारी, बाढीपहिरोलगायत विपदका क्रममा जिल्लाका विभिन्न स्थानमा राहत सामाग्री पुर्याएकी छिन् । उसो त उनि समाजसेवाको काममा लिप्त भएकी महिला हुन् ।

उनले सिन्धुपाल्चोकबासीका जनहितका लागि गर्दै आएको गतिबिधि बढाउने योजना रहेको बताएकी छिन् । विजय भए पश्चात यस क्षेत्रको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कार्यमा डटेर लाग्ने र सिन्धुपाल्चोक क्षेत्र नं. १ ’क’का समस्या समाधान गर्न प्रदेशसभा सदस्य रहेर सदैव आवाज उठाइरहने प्रतिबद्धता भण्डारीले गरेकी छिन् ।
आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका दृष्टिले देशकै समृद्ध बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला सिन्धुपाल्चोक अथाह सम्भावना बोकेको जिल्ला भएको दाबी गर्दै भण्डारीले बोलेका सिन्धुपाल्चोकको प्राकृतिक सुन्दरता, मौलिकता, मानवस्रोत, कृषि र पर्यटनको सम्भावनालाई समुन्नतिको आधारशीला बनाउन सकेमा समृद्ध सिन्धुपाल्चोकको सपना टाढा छैन भन्ने तर्क भण्डारीको छ । भण्डारीले आफ्ना सामाजिक गतिविधिलाई बढाउँदै लैजान राजनीतिको सहयोग लिने निर्णय गरेकी हुन् ।
प्रदेशसभा सदस्य रहेर प्रदेशस्तरमा प्रदेशसभामा उपस्थित भई प्रदेशबासी तथा प्रदेश र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, संविधान जारी भएपछि निर्माण हुन नसकेका प्रदेशसँग सम्बन्धित ऐन कानुन यथासक्य चाँडो ल्याउन पहल गर्ने, प्रदेशलाई आर्थिक र पूर्वाधारको दृष्टिले थप सम्पन्न बनाउन संघ र स्थानीय तहको अधिकारसँग नबाझिने कानुन निर्माण गर्न सघाउनेलगायत ९ प्रतिबद्धता उनको रहेको छ ।

उनको प्रतिबद्धतामा सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिने तथा निर्माणाधीन काम समयमा सक्न ताकेता गर्ने, आवश्यक पर्ने स्थानमा पुल निर्माण, सडक स्तरोन्नति गर्न तथा भत्की बिग्री जिर्ण भएका संरचना पुनर्निर्माण गर्न प्रदेश सरकारलाई ताकेता गर्ने, प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी प्रदेशका विकास परियोजनामा यस क्षेत्रलाई प्राथमिकतामा राख्ने व्यवस्था मिलाउने रहेको छ ।
व्यावसायिक र आधुनिक हुन नसकेको कृषिलाई भूगोलसापेक्ष नीति अंगिकार गरी कृषिजन्य उपजमा पूर्वी सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने तथा आलु, छुर्पी, जडिबुटी संकलन केन्द्र निर्माण गरेर यी उत्पादनको बजार व्यवस्था मिलाउन पहल गर्ने र यी काममा कृषि एम्बुलेन्स, चिस्यान केन्द्र आदिको व्यवस्था गर्न व्यक्तिगत पहलसमेत गर्ने, शिक्षालाई शीप र रोजगारमूलक बनाउने, स्थानीय विद्यालयबाट उत्तीर्ण युवालाई राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय शिक्षा र शिक्षकको व्यवस्था गर्ने, लोकसेवामा प्रतिस्पर्धा गर्न चाहने युवालाई क्षेत्रमा आवश्यक तयारी कक्षाको बन्दोबस्त गर्ने भण्डारीको घोषणपत्रमा तय भएको छ ।
पाटी–पौवा, मन्दिर, गुम्बा आदिको संरक्षण गर्ने र तिनको अभिलेखीकरण गरी प्रबद्र्धन गर्ने, तातोपानीलगायत धार्मिक, सांस्कतिक र आध्यात्मिक सम्भावना बोकेका सम्पदा, भेसभुसा तथा भाषा, परिकार र पर्वको संरक्षण तथा प्रबद्र्धन गरी पर्यटन ‘हब’ को रुपमा विकास गर्ने, बन्जीलजस्तै अन्य साहसिक पर्यटनको सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माण गरी क्षेत्रमै रोजगारी सुनिश्चित गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने उनको योजना छ ।

 3,327 total views,  2 views today

Related posts