जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गरिने


जनतापत्र, मेलम्ची ।
प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको जिल्लाहरु मध्य सिन्धुपाल्चोक पनि एक हो । २०७८ असार १ र साउन १६ मा मेलम्ची तथा इन्द्रावती नदीमा ठुलो बाढी आएको थियो । उक्त बाढीबाट प्रभावितहरुको आज सम्म समस्या समाधान हुन सकेको छैन् । अव भने उनिहरुले नवनिर्वाचित सांसदले बाढी प्रभावितको समस्यामा साथ दिन्छन् कि भन्ने अपेक्षा राखेका छन् ।

एक बाढी प्रभावित स्थानिय मेलम्ची नगरपालिका – ११ का सरस्वती दुलाल पनि हुन् । उनिको घर सामान्य मर्मत पछि हालको समयमा बस्न हुने भएको छ । घर छेउमै मेलम्ची खोला बग्ने भएकोले हिउँदमा बस्न सक्ने भए पनि वर्षा सुरु भएसँगै घर छोडेर भाग्नुपर्ने बाध्यता रहेको दुलालले बताएकी छिन् । आउछ कि लान्छ कि भनेर त्रास त्रासमा बस्नुपर्छ, उनले थपिन् ।

गत बर्ष गएको बाढी र पहिरोको कारण हेलम्बु, मेलम्ची र पाँचपोखरीमा धेरै धनजनको क्षति भएको थियो । जसमा २६ जनाले अकालमै ज्यान गुमाउनु परेको थियो । पाँच सय ५१ घर बगाउदा बाढीकै कारण करोडौंको धन सम्पतीको तहसनहस भएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना त ध्वस्त भयो भयो त्यो सँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना पनि बाढीले तहसनहस बनाएको थियो । बाढीबाट त्रसित स्थानियहरु अब भने त्यस्तो बिपत्ती भोग्न नपरोस भन्ने चाहान्छन् । मेलम्ची नदी व्यवस्थापनको दीर्घकालिन उपाएको अपेक्षा जनप्रतिनिधिसँग स्थानियले राखेका छन् । स्थानीय रन्जित श्रेष्ठले भने, बस्ती बचाउन तटबन्ध निमार्ण, पुल ,पुननिर्माण जस्ता काम नया आउनु भएका जनप्रतिनिधिहरुले गर्नुहुन्छ भन्ने आशा छ । ”
नागरिकहरुले नवनिर्वाचित संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधि मिलेर सिन्धु
पाल्चोकमा विपदबाट हुने क्षति कम गर्न सुझाव दिएका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

 2,803 total views,  25 views today

Related posts